सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चर्चा

चौतारीमा सित्तल बस्दै गरेको अर्को कसैले पनि मन थाम्न नसकी बोली हाल्यो - “त्यति मात्र कहाँ हो र ? कोरोनाको विपत्तिमा त उनको परिवारकै सेवाको उच्च मूल्याङ्कन गर्दै सम्मान पो गरिएको थियो त ।”

Nepal Telecom ad

विद्या ढकाल :

जताततै उनैको चर्चा थियो ।
“दयाराम जस्ता दानवीर पाउनु हाम्रो समाजका लागि अहोभाग्य हो ।” -जेठा दाइ सबैले सुन्ने गरी बोले ।
“हो त । २०७२ को गोर्खा भुकम्पमा पनि उनले उपलब्ध गराएको राहत चर्चाको चुलीमा थियो ।” – जेठा दाइको कुरामा सही थाप्दै माहिला दाइले पनि थपे ।

चौतारीमा सित्तल बस्दै गरेको अर्को कसैले पनि मन थाम्न नसकी बोली हाल्यो – “त्यति मात्र कहाँ हो र ? कोरोनाको विपत्तिमा त उनको परिवारकै सेवाको उच्च मूल्याङ्कन गर्दै सम्मान पो गरिएको थियो त ।”

बिलासले गोजीबाट मोबाइल झिके । त्यसमा केहीबेर औँला चलाए । अनि पुराना तस्विर देखाउँदै बोले – “हेर्नुहोस् न यहाँ पनि उनले वितरण गरेको राहत कै चर्चा छ त ।” चौतारीमा बसेका सबैले बिलास तिरै आँखा लगाए । मोबाइलमा केही तस्विरहरू थिए । जहाँ दयारामको सिङ्गो परिवार सिङ्गै एउटा चाउचाउ पीडितलाई थमाउँदै थियो ।

०००
तनहुँ ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जवाफ

जवाफ

विद्या ढकाल
आतङ्क

आतङ्क

विद्या ढकाल
0
Would love your thoughts, please comment.x
()
x