साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्तव्य र ईश्वर

खुर्सानी गुलियो मरीच अमिलो टर्रो छ मिस्री यदि रोगीको अझ घाउ बढ्दछ भने खाँदा कुनै ओखती ती दायित्वविहीन बेसरम हुन् बेकार बेकाम हुन् लङ्का जित्दछ ढेडु बाँदर भने ती राम के राम हुन् ॥

Nepal Telecom ad

जयदेव गोविन्द :

पानीले ‘म कदापि जम्दिनँ’ भने बन्दैन ढिक्का हिउँ
धर्तीले ‘म चिसिन्नँ तात्दिनँ’ भने के उम्रिएला बिउ
तातो सूर्य जमी बने बरफझैँ चल्दैन संसार यो
जो दायित्व निभाउँदैन जगमा ऊ सृष्टिको भार हो ॥०१

हाहाकार विजोगमा नृपतिका श्रीपेच हाँस्छन् भने
पैतालामुनि टाँसिएर रिपुमा सम्बन्ध गाँस्छन् भने
धर्तीमा सरकार नामक कुनै जत्था नपाले भयो
छानाले जल घाम छेक्न नसके च्यातेर फाले भयो ॥०२

सिङ्गो राज्य मसान बन्छ जनता देख्तै नदेखेपछि
छेस्को लाग्दछ चाहिँदा कलमले लेख्तै नलेखेपछि
रित्तो बन्छ दिमाग सार्थक भलो सोच्तै नसोचेपछि
काँडाको पहिचान टिक्छ कसरी घोच्तै नघोचेपछि ॥०३

खुर्सानी गुलियो मरीच अमिलो टर्रो छ मिस्री यदि
रोगीको अझ घाउ बढ्दछ भने खाँदा कुनै ओखती
ती दायित्वविहीन बेसरम हुन् बेकार बेकाम हुन्
लङ्का जित्दछ ढेडु बाँदर भने ती राम के राम हुन् ॥०४

ए मान्छे ! श्रम सीप कर्मपथको सम्मान गर्ने गर
माया धर्म विनम्रता भजन हो कर्तव्य हो ईश्वर
आफू भिन्न विशिष्ट जीव हुनुको औचित्य के हो बुझ
लोहा पत्थर मात्र होइन तिमी कर्तव्यलाई पुज ॥०५

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झेल, ताण्डव र देश

झेल, ताण्डव र देश

जयदेव गाेविन्द
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x