बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

कर्तव्य र ईश्वर

खुर्सानी गुलियो मरीच अमिलो टर्रो छ मिस्री यदि रोगीको अझ घाउ बढ्दछ भने खाँदा कुनै ओखती ती दायित्वविहीन बेसरम हुन् बेकार बेकाम हुन् लङ्का जित्दछ ढेडु बाँदर भने ती राम के राम हुन् ॥

Nepal Telecom ad

जयदेव गोविन्द :

पानीले ‘म कदापि जम्दिनँ’ भने बन्दैन ढिक्का हिउँ
धर्तीले ‘म चिसिन्नँ तात्दिनँ’ भने के उम्रिएला बिउ
तातो सूर्य जमी बने बरफझैँ चल्दैन संसार यो
जो दायित्व निभाउँदैन जगमा ऊ सृष्टिको भार हो ॥०१

हाहाकार विजोगमा नृपतिका श्रीपेच हाँस्छन् भने
पैतालामुनि टाँसिएर रिपुमा सम्बन्ध गाँस्छन् भने
धर्तीमा सरकार नामक कुनै जत्था नपाले भयो
छानाले जल घाम छेक्न नसके च्यातेर फाले भयो ॥०२

सिङ्गो राज्य मसान बन्छ जनता देख्तै नदेखेपछि
छेस्को लाग्दछ चाहिँदा कलमले लेख्तै नलेखेपछि
रित्तो बन्छ दिमाग सार्थक भलो सोच्तै नसोचेपछि
काँडाको पहिचान टिक्छ कसरी घोच्तै नघोचेपछि ॥०३

खुर्सानी गुलियो मरीच अमिलो टर्रो छ मिस्री यदि
रोगीको अझ घाउ बढ्दछ भने खाँदा कुनै ओखती
ती दायित्वविहीन बेसरम हुन् बेकार बेकाम हुन्
लङ्का जित्दछ ढेडु बाँदर भने ती राम के राम हुन् ॥०४

ए मान्छे ! श्रम सीप कर्मपथको सम्मान गर्ने गर
माया धर्म विनम्रता भजन हो कर्तव्य हो ईश्वर
आफू भिन्न विशिष्ट जीव हुनुको औचित्य के हो बुझ
लोहा पत्थर मात्र होइन तिमी कर्तव्यलाई पुज ॥०५

०००
नुवाकोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
औकात

औकात

जयदेव गाेविन्द
अङ्गार, अभिमान र हामी

अङ्गार, अभिमान र हामी

जयदेव गाेविन्द
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी