सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ए मूर्ख मान्छेहरू

फेर्छौ श्वास हजार पल्ट भन को त्यो श्वास जन्माउँछन् पोख्छौ हर्ष खुसी विलाप नय को ती भावमा आउँछन् इच्छाहीन पदार्थमा रङ दली गर्छौ तमासा बरू आफूभित्र सवार ईश्वर भुल्यौ ए मूर्ख मान्छेहरू ।

Nepal Telecom ad

जयदेव गोविन्द :

नाच्छन् निर्झर भीरमा शिखरले गाना नगाए पनि
छर्छन् चन्द्र र सूर्य दीप्ति कहिल्यै खाना नखाए पनि
सारा कीट पतङ्ग जन्तु चिडिया सन्तोषमा छन् बरू
कुण्ठा डाह विलापमा किन डुब्यौ ए मूर्ख मान्छेहरू ।०१।

अर्को माथि पुग्यो भने जलनमा होमिन्छ अभ्यन्तर
दोस्रातर्फ अथाह सङ्कट परे उल्लासमा तत्पर
बल्छी धाप धराप चङ्गुल रचूँ सम्भार आफ्नो गरूँ
दौडन्छौ किन यो अनिष्ट पथमा ए मूर्ख मान्छेहरू ।०२।

प्यारो जीवनको सुरम्य सपना ढल्दै गएका पल
मोटा सञ्चयका विशाल ढुकुटी लाग्छन् वृथा निष्फल
भन्ने छौ ’शिव राम राम हरिजी एक्लो भएँ के गरूँ ! ’
होमिन्छौ कति होडको अनलमा ए मूर्ख मान्छेहरू ।०३।

त्यो कौटिल्य सखाप हुन्छ मनमा वैराग्य आएपछि
त्यो ऐश्वर्य विलाप बन्छ जिउने आशा हराएपछि
एक्लो निस्पृह देह धान्छ कसरी ऐश्वर्यको आबरु !
लड्छौ नाश्य पदार्थमा किन सदा ए मूर्ख मान्छेहरू ।०४।

ज्ञानी बुद्ध अजेय राघव बिते श्री देवकीनन्दन
कल्पौँकल्प चिरायु वा अमर के देख्यौ कुनै साधन
आशा मर्छ शरीर मर्छ लहरा मर्छन् अनेकौं तरु
मर्दैनौं जसरी तृषा किन लियौ ए मूर्ख मान्छेहरू ।०५।

फेर्छौ श्वास हजार पल्ट भन को त्यो श्वास जन्माउँछन्
पोख्छौ हर्ष खुसी विलाप नय को ती भावमा आउँछन्
इच्छाहीन पदार्थमा रङ दली गर्छौ तमासा बरू
आफूभित्र सवार ईश्वर भुल्यौ ए मूर्ख मान्छेहरू ।०६।

०००
नुवाकोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अहम् !

अहम् !

जयदेव गाेविन्द
मर्नु हो

मर्नु हो

जयदेव गाेविन्द
औकात

औकात

जयदेव गाेविन्द
कर्तव्य र ईश्वर

कर्तव्य र ईश्वर

जयदेव गाेविन्द
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल