साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए मूर्ख मान्छेहरू

फेर्छौ श्वास हजार पल्ट भन को त्यो श्वास जन्माउँछन् पोख्छौ हर्ष खुसी विलाप नय को ती भावमा आउँछन् इच्छाहीन पदार्थमा रङ दली गर्छौ तमासा बरू आफूभित्र सवार ईश्वर भुल्यौ ए मूर्ख मान्छेहरू ।

Nepal Telecom ad

जयदेव गोविन्द :

नाच्छन् निर्झर भीरमा शिखरले गाना नगाए पनि
छर्छन् चन्द्र र सूर्य दीप्ति कहिल्यै खाना नखाए पनि
सारा कीट पतङ्ग जन्तु चिडिया सन्तोषमा छन् बरू
कुण्ठा डाह विलापमा किन डुब्यौ ए मूर्ख मान्छेहरू ।०१।

अर्को माथि पुग्यो भने जलनमा होमिन्छ अभ्यन्तर
दोस्रातर्फ अथाह सङ्कट परे उल्लासमा तत्पर
बल्छी धाप धराप चङ्गुल रचूँ सम्भार आफ्नो गरूँ
दौडन्छौ किन यो अनिष्ट पथमा ए मूर्ख मान्छेहरू ।०२।

प्यारो जीवनको सुरम्य सपना ढल्दै गएका पल
मोटा सञ्चयका विशाल ढुकुटी लाग्छन् वृथा निष्फल
भन्ने छौ ’शिव राम राम हरिजी एक्लो भएँ के गरूँ ! ’
होमिन्छौ कति होडको अनलमा ए मूर्ख मान्छेहरू ।०३।

त्यो कौटिल्य सखाप हुन्छ मनमा वैराग्य आएपछि
त्यो ऐश्वर्य विलाप बन्छ जिउने आशा हराएपछि
एक्लो निस्पृह देह धान्छ कसरी ऐश्वर्यको आबरु !
लड्छौ नाश्य पदार्थमा किन सदा ए मूर्ख मान्छेहरू ।०४।

ज्ञानी बुद्ध अजेय राघव बिते श्री देवकीनन्दन
कल्पौँकल्प चिरायु वा अमर के देख्यौ कुनै साधन
आशा मर्छ शरीर मर्छ लहरा मर्छन् अनेकौं तरु
मर्दैनौं जसरी तृषा किन लियौ ए मूर्ख मान्छेहरू ।०५।

फेर्छौ श्वास हजार पल्ट भन को त्यो श्वास जन्माउँछन्
पोख्छौ हर्ष खुसी विलाप नय को ती भावमा आउँछन्
इच्छाहीन पदार्थमा रङ दली गर्छौ तमासा बरू
आफूभित्र सवार ईश्वर भुल्यौ ए मूर्ख मान्छेहरू ।०६।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झेल, ताण्डव र देश

झेल, ताण्डव र देश

जयदेव गाेविन्द
अहम् !

अहम् !

जयदेव गाेविन्द
मर्नु हो

मर्नु हो

जयदेव गाेविन्द
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x