साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्नु हो

मिल्काएर दुवै आँखा चस्मा मात्र थुपार्नुझैँ फाँडी खाद्यान्नको बाली काँडावृक्ष उमार्नुझैँ मुसारी शत्रुका गोडा नाफामा बिक्नु मर्नु हो झुकाई राष्ट्रको झण्डा सत्तामा टिक्नु मर्नु हो ।

Nepal Telecom ad

जयदेव गोविन्द :

काटेको बिरुवालाई उठाई मल हाल्नुझैँ
मरेको चिडियालाई आहारा दिन थाल्नुझैँ
विना गन्तव्यको यात्रा आँखामा धूल छर्नु हो
नपुग्ने कल्पना बोकी हावामा कुद्नु मर्नु हो ।१।

कुवाको भ्यागुतो उफ्री चन्द्रमा छुन्छु भन्नुझैँ
मिलाई मसिना धागा भकारी बुन्छु भन्नुझैँ
निकम्मा योजना राख्नु आफैंमा पछि पर्नु हो
बनी सौभाग्यको दास लाछीझैँ हुनु मर्नु हो ।२।

सद्दे आवास पोलेर खरानी बेच्न लानुझैँ
गलाको गहना बेची सिनेमा हेर्न जानुझैँ
उल्टो प्रयत्नमा लाग्नु आफ्नै विध्वंस गर्नु हो
अँध्यारो सोचमा डुब्नु हाम फालेर मर्नु हो ।३।

मुसाले काँधमा राखी मेदिनी बोक्न खोज्नुझैँ
फिस्टाले सूर्यको रश्मि बिचैमा रोक्न खोज्नुझैँ
दिवास्वप्न लिई बाँच्नु आफ्नै घाँटी निचोर्नु हो
फिँजाई झूटको हल्ला प्रशंसा लिनु मर्नु हो ।४।

छोरी या बहिनी बेची पैसाले घर भर्नुझैँ
अरूका काँधमा टेकी धर्मको ढोंग गर्नुझैँ
भाषा ध्वस्त गरी लेख्नु आमाको वध गर्नु हो
महान् बन्ने नशा बोकी लेखेझैँ गर्नु मर्नु हो ।५।

मिल्काएर दुवै आँखा चस्मा मात्र थुपार्नुझैँ
फाँडी खाद्यान्नको बाली काँडावृक्ष उमार्नुझैँ
मुसारी शत्रुका गोडा नाफामा बिक्नु मर्नु हो
झुकाई राष्ट्रको झण्डा सत्तामा टिक्नु मर्नु हो ।६।

उचाली कागजी नक्सा बोकेँ ब्रह्माण्ड भन्नुझैँ
दुर्गासप्तशती घोकी वेदमर्मज्ञ बन्नुझैँ
आत्मश्लाघा गरी बाँच्नु तृष्णाको वश पर्नु हो
दर्जाको लालचा राखी कोहोलो गर्नु मर्नु हो ।७।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झेल, ताण्डव र देश

झेल, ताण्डव र देश

जयदेव गाेविन्द
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x