साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मीको कृपा भएन

लक्ष्मी जिल्ल परिन् “होइन, तिमी झिटीगुण्टा व्यापार गर्ने भनेर हङकङ ब्याङ्ककबाट सुन तस्करीमा लाग्यौ कि लागेनौ ? ” मैले आफ्नो इमानको सगर्व वर्णन गरेँ, “छैन ।”

Nepal Telecom ad

याेगीश कृष्ण :

बल्ल बल्ल उल्लू तयार भयो । मैले उसलाई भनेको थिएँ “कुनै दिन मेरो जोर चल्ने भयो भने तिम्रो मूर्ति प्रत्येक शैक्षिक संस्थानमा राख्न लगाउने छु । विद्यार्थीहरू तिम्रो मूर्ति अघिल्तिर उभिएर भन्ने छन्– हे उल्लू, कृपया मलाई जाँचमा पास गराइदेऊ । एक किलो लड्डू चढाउँला ।” आफ्नो मूर्ति क्याम्पस, स्कूलको हाताभित्र ठाडिएको कल्पना गरेर उल्लुले सोध्यो, “ त्यसो भए मेरो नाम लिएर कसैले कसैलाई गाली नगर्लान्, होइन त ?”

”के को गाली गर्थे नि” मैले सम्झाएँ “बरु प्रशंसा गर्छन्– यो त साक्षात् उल्लु जस्तो छ । आशीष दिन्छन्– उल्लु जस्तै भएस् ।”

उल्लु तयार भयो । मलाई पिठ्यूँम बोकेर हुँइकियो । केही बेरपछि हामी लक्ष्मीको दरबार पुग्यौँ । बिदा नलिकन हिँडेकाले होला लक्ष्मीले उल्लूलाई कठोरतापूर्वक हेरिन् । उल्लूले सकपकाएर बिन्ति गर्यो “हजुर, यो मानिस साह्रै दुखी, सोझो हरिलठ्ठक र गरीब रहेछ । यो वर्ष यसलाई निगाह बक्से यसको कल्याण हुने थियो ।”

“तिमी किन मकहाँ आएको ?” लक्ष्मीले मलाई सोधिन्
“हामी हिन्दूहरू बर्सैपिच्छे लक्ष्मी आऊन् भनेर हजुरको पूजा अर्चना गछौँ । म पनि गर्छु । तर, हजुरले कहिले बाटो बिराइबक्सेन । यस पाला उल्लूसाहेबको कृपाले प्रभुको दर्शन गर्ने सौभाग्य पाएँ ।”

यति भनेर लक्ष्मीको गुनगान गरेर संस्कृतका केही श्लोक सुनाउन खोजेको ज्यान गए आएन । झण्डै मुखबाट सरस्वती मया दृष्टा निक्लेको । भाग्यले गर्दा निक्लेन ।

मैले साहेब भनेर सम्बोधन गरेको होला उल्लू डुक्रिएको देखेर लक्ष्मी मुस्कुराइन् । मेरो कालो ख्याउटे अनुहार हेरेर भृकुटि खुम्च्याइन्- “तिमी कहाँ बस्छौ ?”

मलाई आस लाग्यो–यो वर्ष भने पक्कै आउने भइन् ।
“काठमाण्डौमा बस्छु, प्रभु ।”
“काठमाण्डौमा घर छ तिम्रो ?”
घर ? त्यो पनि काठमाण्डौमा ? मैले जबाफ दिएँ, “छैन, डेरा गरी बसेको छु ।”

“बङ्गला भाडामा लिएर बसेका छौ त त्यसो भए ।”
मैले बिन्ति बिसाँए, “त्यस्तो घरभित्र छिर्ने अवसर समेत जुरेको छैन।”

“विदेश गएका छौ ? उताबाट के के ल्याएका छौँ ?”
बिराटनगर पारि जोगबनीसम्म त एक पटक पुगेको थिएँ, “हजुर, यता नेपालमा चिनी नपाउँदा आधा किलो चिनी ल्याएको थिएँ ।”

“युरोप, अमेरिका कतै गएको छैनौ ?”
व्यापार, व्यवसाय सबै सीमापारिको कब्जामा भइगयो । जानु पर्यो लाहुरतिर । केही नपाए बहादुरको दरबानगिरी त पक्कै पाइएला भनेर हिँडेको थिएँ । रक्सौलका मित्रहरूले झोलिझ्याम्टा बेपत्ता पारेपछि घर फर्किएँ । उता लुटिएको त भन्न भएन, लाज हुन्छ भनेर जन्मेको ठाउँ छाड्न भएन भनेर भने तापनि लक्ष्मीलाई त ढाँट्न भएन । सही कुरा बताइदिएँ ।

लक्ष्मी जिल्ल परिन् “होइन, तिमी झिटीगुण्टा व्यापार गर्ने भनेर हङकङ ब्याङ्ककबाट सुन तस्करीमा लाग्यौ कि लागेनौ ? ”
मैले आफ्नो इमानको सगर्व वर्णन गरेँ, “छैन ।”

“कहिले कुनै अपराधमा जेल गएका छौ ?”
“छैन ।” यस पालाको दशैँमा झण्डै परेको थिएँ । राति कामबाट फर्कदैँ गर्दा पुलिसले बाटोमा सोधपुछ गर्यो । रक्सी खाएको छ कि छैन भनेर मुख सुँघ्यो । बाटो हिँड्ने जँड्याहाहरूलाई लिएर गयो । मलाई लगेन ।”

उनले सोधिन्- “ कारपेट काण्ड, चरेश काण्ड, काठ काण्डमा परेका छौ कि छैनौ ?”
म विश्वस्त थिएँ । यस वर्ष लक्ष्मीको कृपा हुन्छ भनेर । तर, त्यसो भएन । उल्लूतिर हेरेर उनी पड्किइन्- “त्यसै तेरो नाम उल्लू राखेको हो । यस्तै उल्लू लठेब्रोको सिफारिश गरी हिँडदो छस् । तैँले मलाई के सम्झेको ? लक्ष्मी पो हुँ त, लक्ष्मी । के ठानेर यस्तो दरिद्रे कहाँ जान्छु भनिठानिस् ?”

मैले उल्लूतिर हेरेँ । मेरो सामुन्ने उसको बेइज्जत भएकोले खिस्रिक्क परेको थियो । ऊ पनि मतिर हेर्दै थियो, मानौ मलाई भन्न खोजिरहेछ “के गर्नु मैले ? कोसिस त गरिदिएकै हुँ । तँ नै नालायक देखिइस् ।”

“आज यत्रो लक्ष्मी पूजाको दिन । कता कता भ्याउनु छ ।” लक्ष्मी बडबडाइन्- “यो उल्लू मोरो भने काम न काजको मान्छे बोकेर आउँछ । के यसको मुख हेरेर बसेको । हिँड जाऔँ ।”

भर्खर घिउ काण्डमा चर्चित व्यापारीको नाम लिँदै लक्ष्मीले उल्लूलाई त्यतै उड्न आदेश दिँदै पिठ्युँमा बसिन् ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x