साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अबको तीन सय पैसठ्ठी दिनपछि

किनकी बलियाहरू, धनीहरू, ठुलो बन्दुक हुनेहरूको जीवनको प्रत्यक पल सार्थक हुनु पर्नेछ उनीहरूको भोकको ब्ल्याक होल भरिनु पर्नेछ उनीहरूलाई सुरक्षा चाहिने छ उनीहरूलाई मनोरञ्जन चाहिने छ ।

Nepal Telecom ad

नारायण भट्टराई :

अबको तीन सय पैँसठ्ठी दिन पछि
गाजाको अस्पतालमा जन्मिएको बच्चा
काकताली परेर बाँचेको भए
इजरायलको एक वर्षे शत्रु हुनेछ
तर इजरायलले बुझ्ने छैन
मारेर शत्रुता सकिँदैन
उनीहरूले फेरी पनि थाहा पाउने छैनन्
वास्तवमा उनीहरू उनीहरूका शत्रु होइनन्
उनीहरूले उनीहरूको शत्रु हुनु पर्ने थियो या थिएन
उनीहरूलाई लडाउने र भिडाउने खेलको
पूर्णविराम  लाग्ने छैन
उनीहरूले एक अर्कालाई मारिरहने छन्
बज्रस्वाँठ शासकको रुखो मनमा विवेक टुसाउने छैन
बन्दुक बेच्नेलाई युक्रेनमा शान्ति चाहिएको छैन
किनकी बनाउनेले बन्दुक खिया लगाउन बनाएको होइन
बन्दुक बेच्न बनाएको हो
बन्दुक बनाउनेलाई बेच्ने बजार चाहिएको छ
बन्दुक उसको गरिखाने भाँडो हो
त्यसैले, मान्छेहरू मारिने छन्
बन्दुकले, भोकमरीले, रोग, भोक र शोकले

किनकी बलियाहरू, धनीहरू, ठुलो बन्दुक हुनेहरूको
जीवनको प्रत्यक पल सार्थक हुनु पर्नेछ
उनीहरूको भोकको ब्ल्याक होल भरिनु पर्नेछ
उनीहरूलाई सुरक्षा चाहिने छ
उनीहरूलाई मनोरञ्जन चाहिने छ
उनीहरूको जीवन सफल भएको देखाउन
उनीहरूले अरुहरूलाई प्रभावमा राख्न सकेको देखिनु पर्ने छ ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x