साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सालिक

अनि हामी प्रदेशीसँगै कोही दलित, कोही जनजाति, कोही महिला, कोही हिन्दु, मुस्लिम विभिन्न वर्गमा विभाजित भयौं। म भएको पार्क कुनै वर्ग विशेषका भागमा पर्यो रे।

Nepal Telecom ad

अन्जु शर्मा :

हरियाली पार्कबाट एक‍ोहोरो राेएको आवाजले मध्यरातमा दुर्गाक‍ो निद्रा खुल्छ । अष्पष्ट रूपमा दुर्गे ! दुर्गे !! भनी उनका शहीद श्रीमान नन्दलालले बोलाएको उनलाई भान हुन्छ ।

घरका कसैले थाहै नपाउने गरि ढोका खोलेर उनी हरियाली पार्कमा पुग्छिन् । जहाँ प्रजातन्त्र जन्माउँदा शहिद भएका नन्दलालको सालिकबाट आँसु झरिरहेकाे थियाे ।

– “किन रूँदै हुनुहुन्छ ? घरपरिवारको खुशी भन्दा देशको स्वतन्त्रता ठूलो भनेर उ बेला शहिद हुनुभा हैन र ?”

-“प्रजातन्त्रमा हामी नेपाली, हाम्रो देश नेपाल थियोे ।” अहिले आएर देश प्रदेशमा विभाजित भयो । अनि हामी प्रदेशीसँगै कोही दलित, कोही जनजाति, कोही महिला, कोही हिन्दु, मुस्लिम विभिन्न वर्गमा विभाजित भयौं। म भएको पार्क कुनै वर्ग विशेषका भागमा पर्यो रे। गणतन्त्रका नाममा लुटेको संपति लिएर भाग्दै गर्दा आफ्नै साथीहरूले कुटपिट गरि हत्या गरेका व्यक्ति, जसलाई सरकारले दश लाखको लागि शहिद घोषणा गर्यो। हो तिनै युवक “दिप”को सालिक मेरो ठाउँमा प्रतिस्थापन हुँदै छ रे । यसैले मन थाम्न सकिन प्रिय।”

“मृत शहिदको सालिकमा पनि राजनीति छ देशमा । उफ: ।” दुर्गा पसिनाले निथुर्क भिजेकी रहिछन् । कस्तो सपना देखें। वास्तविक शहिदलाई मृत्युपछि पनि बस्ने ठाउँ रहेनछ ?” आफैभित्र प्रश्न गरिन्।

-“घडी हेरिन बिहानको छ बजेछ। उनलेे रेडियोमा समाचार लगाइन्।

-समाचार वाचिका भन्दै थिइन् “हरियाली पार्कमा भएको नन्दलालको तस्बिर तोडफोड गरि सोही ठाउँमा क्रान्तिकारीहरूले “दिप”को सलिक प्रतिस्थापन गरेका छन् ।”

०००
राताेपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x