सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सालिक

अनि हामी प्रदेशीसँगै कोही दलित, कोही जनजाति, कोही महिला, कोही हिन्दु, मुस्लिम विभिन्न वर्गमा विभाजित भयौं। म भएको पार्क कुनै वर्ग विशेषका भागमा पर्यो रे।

Nepal Telecom ad

अन्जु शर्मा :

हरियाली पार्कबाट एक‍ोहोरो राेएको आवाजले मध्यरातमा दुर्गाक‍ो निद्रा खुल्छ । अष्पष्ट रूपमा दुर्गे ! दुर्गे !! भनी उनका शहीद श्रीमान नन्दलालले बोलाएको उनलाई भान हुन्छ ।

घरका कसैले थाहै नपाउने गरि ढोका खोलेर उनी हरियाली पार्कमा पुग्छिन् । जहाँ प्रजातन्त्र जन्माउँदा शहिद भएका नन्दलालको सालिकबाट आँसु झरिरहेकाे थियाे ।

– “किन रूँदै हुनुहुन्छ ? घरपरिवारको खुशी भन्दा देशको स्वतन्त्रता ठूलो भनेर उ बेला शहिद हुनुभा हैन र ?”

-“प्रजातन्त्रमा हामी नेपाली, हाम्रो देश नेपाल थियोे ।” अहिले आएर देश प्रदेशमा विभाजित भयो । अनि हामी प्रदेशीसँगै कोही दलित, कोही जनजाति, कोही महिला, कोही हिन्दु, मुस्लिम विभिन्न वर्गमा विभाजित भयौं। म भएको पार्क कुनै वर्ग विशेषका भागमा पर्यो रे। गणतन्त्रका नाममा लुटेको संपति लिएर भाग्दै गर्दा आफ्नै साथीहरूले कुटपिट गरि हत्या गरेका व्यक्ति, जसलाई सरकारले दश लाखको लागि शहिद घोषणा गर्यो। हो तिनै युवक “दिप”को सालिक मेरो ठाउँमा प्रतिस्थापन हुँदै छ रे । यसैले मन थाम्न सकिन प्रिय।”

“मृत शहिदको सालिकमा पनि राजनीति छ देशमा । उफ: ।” दुर्गा पसिनाले निथुर्क भिजेकी रहिछन् । कस्तो सपना देखें। वास्तविक शहिदलाई मृत्युपछि पनि बस्ने ठाउँ रहेनछ ?” आफैभित्र प्रश्न गरिन्।

-“घडी हेरिन बिहानको छ बजेछ। उनलेे रेडियोमा समाचार लगाइन्।

-समाचार वाचिका भन्दै थिइन् “हरियाली पार्कमा भएको नन्दलालको तस्बिर तोडफोड गरि सोही ठाउँमा क्रान्तिकारीहरूले “दिप”को सलिक प्रतिस्थापन गरेका छन् ।”

०००
राताेपुल, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वार्ता

वार्ता

अन्जु शर्मा
मृत कानुन

मृत कानुन

अन्जु शर्मा
अपजसे खाना

अपजसे खाना

अन्जु शर्मा
तीतो यथार्थ

तीतो यथार्थ

अन्जु शर्मा
माला

माला

अन्जु शर्मा
गल्ती

गल्ती

अन्जु शर्मा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा