साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महावाणी

महावाणी कहाँ, कसले, कतिखेर भनेका हुन् यस फुटया आँखालाई चाहा छैन, तर एउटा कुरा के थाहा छ भने, यी सबै नेपाली मनका आवाज हुन्, त्यसैले यी वास्तविक ‘महावाणी’ हुन् ।

Nepal Telecom ad

विश्व शाक्य :

भन्नेहरू मात्र होइनन् मान्नेहरू पनि यही कुरा मान्छन् कि ‘लोकतन्त्रमा जनता सर्वोपरि हुन्छन् ।’ तर हामी व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको पाउँछौ । नेपालकै सन्दर्भलाई लिऊँ न एकछिनलाई । सामन्ती राजसंस्थाले जनतालाई सार्वभौम सम्पन्न जनता नबनाएर रैती बनायो । जनअधिकार खोस्यो भनेर जनताले आफ्नो जिउज्यानको बलिदान दिएर सामन्ती राजसंस्थालाई किनारा लगाएर जनतालाई सार्वभौम सम्पन्न बनाउने संविधान बनाउन नेताहरूलाई संविधान सभामा पठाए । आज हेरौं त दुर्दशा । जनतालाई सार्वभौम सम्पन्न बनाउन सक्षम भनेर पठाएका नेताहरू आज जनताका सुनिश्चित अधिकार भक्षण गरिरहेका छन् । तात्कालिक राजाका बाणी टिपेर महावाणी बनाउनेलाई सामन्तीका पृष्ठपोषक मान्नेहरू आज जनतालाई सार्वभौम बनाउन जनताको संविधान बनाउने जिम्मेवारीबाट च्यूत भएकाहरूको वाणी टिपेर महावाणी बनाइरहेका छन् । कदाचित्, यस फुटधा आँखाले यस कार्यलाई पचाउन सकिरहेको छैन । महावाणी नै उल्लेख गर्नु पर्ने हो भने किन जनताको अन्तरहृदयबाट निस्केको उद्गारलाई ‘महावाणी’को रूपमा प्रस्तुत नगर्ने ? यही ठानेर केही जनपक्षीय महावाणी यहाँ प्रस्तुत गरिएको छ ।

– नेपालको सन्दर्भमा भन्नुपर्दा ‘नेता’ भनेका लाज, शरम, इमान, धरम नभएका कूटको खेती गर्ने प्राणी हुन् ।

– अज्ञात

आजकल सबैभन्दा सम्मानित र प्रतिष्ठित त्यही हुन्छ, जो सबैभन्दा हुन्छ ।

– बेइमान

– एमाओवादीहरूको अन्तिम लक्ष भनेको यथास्थितिवादीहरूको सामाजिक, राजनीतिक र आर्थिक संरचना ध्वस्त पारेर सत्ता कब्जा गर्नु नै हो ।

-प्रतिपक्षी

नेकपा एमाले न पूणर्नारी हो, न पूणर्पुरुष । त्यसैले नेपाली राजनीतिमा उसले खेल्ने भूमिकामा न नारीको जस्तो इच्छाशक्ति छ न पुरुषमा हुनुपर्ने दृढता नै छ ।

-नागरिक समाज

– काँग्रेस भनेका ‘हगीपनि सक्यो, दैलो पनि देख्यो’ भन्ने उखानजस्तै सत्ता हात लागिन्जेल बौखा नदेख्ने, सत्ता गुमेपछि पछुटाउने प्राणी हुन् ।

– नागरिक समाज

उपर्युक्त महावाणी कहाँ, कसले, कतिखेर भनेका हुन् यस फुटया आँखालाई चाहा छैन, तर एउटा कुरा के थाहा छ भने, यी सबै नेपाली मनका आवाज हुन्, त्यसैले यी वास्तविक ‘महावाणी’ हुन् ।

०००
४ भदौ २०६७
फुट्या आँखा (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x