सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महावाणी

महावाणी कहाँ, कसले, कतिखेर भनेका हुन् यस फुटया आँखालाई चाहा छैन, तर एउटा कुरा के थाहा छ भने, यी सबै नेपाली मनका आवाज हुन्, त्यसैले यी वास्तविक ‘महावाणी’ हुन् ।

Nepal Telecom ad

विश्व शाक्य :

भन्नेहरू मात्र होइनन् मान्नेहरू पनि यही कुरा मान्छन् कि ‘लोकतन्त्रमा जनता सर्वोपरि हुन्छन् ।’ तर हामी व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको पाउँछौ । नेपालकै सन्दर्भलाई लिऊँ न एकछिनलाई । सामन्ती राजसंस्थाले जनतालाई सार्वभौम सम्पन्न जनता नबनाएर रैती बनायो । जनअधिकार खोस्यो भनेर जनताले आफ्नो जिउज्यानको बलिदान दिएर सामन्ती राजसंस्थालाई किनारा लगाएर जनतालाई सार्वभौम सम्पन्न बनाउने संविधान बनाउन नेताहरूलाई संविधान सभामा पठाए । आज हेरौं त दुर्दशा । जनतालाई सार्वभौम सम्पन्न बनाउन सक्षम भनेर पठाएका नेताहरू आज जनताका सुनिश्चित अधिकार भक्षण गरिरहेका छन् । तात्कालिक राजाका बाणी टिपेर महावाणी बनाउनेलाई सामन्तीका पृष्ठपोषक मान्नेहरू आज जनतालाई सार्वभौम बनाउन जनताको संविधान बनाउने जिम्मेवारीबाट च्यूत भएकाहरूको वाणी टिपेर महावाणी बनाइरहेका छन् । कदाचित्, यस फुटधा आँखाले यस कार्यलाई पचाउन सकिरहेको छैन । महावाणी नै उल्लेख गर्नु पर्ने हो भने किन जनताको अन्तरहृदयबाट निस्केको उद्गारलाई ‘महावाणी’को रूपमा प्रस्तुत नगर्ने ? यही ठानेर केही जनपक्षीय महावाणी यहाँ प्रस्तुत गरिएको छ ।

– नेपालको सन्दर्भमा भन्नुपर्दा ‘नेता’ भनेका लाज, शरम, इमान, धरम नभएका कूटको खेती गर्ने प्राणी हुन् ।

– अज्ञात

आजकल सबैभन्दा सम्मानित र प्रतिष्ठित त्यही हुन्छ, जो सबैभन्दा हुन्छ ।

– बेइमान

– एमाओवादीहरूको अन्तिम लक्ष भनेको यथास्थितिवादीहरूको सामाजिक, राजनीतिक र आर्थिक संरचना ध्वस्त पारेर सत्ता कब्जा गर्नु नै हो ।

-प्रतिपक्षी

नेकपा एमाले न पूणर्नारी हो, न पूणर्पुरुष । त्यसैले नेपाली राजनीतिमा उसले खेल्ने भूमिकामा न नारीको जस्तो इच्छाशक्ति छ न पुरुषमा हुनुपर्ने दृढता नै छ ।

-नागरिक समाज

– काँग्रेस भनेका ‘हगीपनि सक्यो, दैलो पनि देख्यो’ भन्ने उखानजस्तै सत्ता हात लागिन्जेल बौखा नदेख्ने, सत्ता गुमेपछि पछुटाउने प्राणी हुन् ।

– नागरिक समाज

उपर्युक्त महावाणी कहाँ, कसले, कतिखेर भनेका हुन् यस फुटया आँखालाई चाहा छैन, तर एउटा कुरा के थाहा छ भने, यी सबै नेपाली मनका आवाज हुन्, त्यसैले यी वास्तविक ‘महावाणी’ हुन् ।

०००
४ भदौ २०६७
फुट्या आँखा (२०७०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा