साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिद्धान्त नाली गए

सेतो वस्त्र लगाउँदै शहरमा घुम्दो भयो श्वानमा भागाभाग भए सबै जनहरू आए छ काल भ्यानमा श्वानैको त बनाइ भ्यान उसले जोड्यो नयाँ सम्पति दौडे गाउँ बजार चोक तिर यी जोडा मिली दम्पति ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

थोत्रो थाल ठटाउँदै जनहरू उठ्ने तयारी गरे
भाग्यो पुच्छरभित्र टाङ तल भो बैरी सरी भो हरे
हामी मानवको चरित्र सजिलो धोखा दिने काममा
आफ्नै धर्म विरोधमा जुनकिरी उत्रे सरी नाममा ।

जागौँ हो अबता ढिला हुन गयो ओछ्यान फेरौ छिटो
गन्धे भो डसना र चाँदरहरू सत्ता विकामे तितो
नेता तागतहीन शक्ति नहुने लम्फू भयो डम्फु झैँ
ठूलो हाँक दिएर व्यस्त रहने माग्ने बुढा ताल झैँ ।

आए गाउँ घुमेर मुर्ख भतुवा पीडा थुपार्दै अति
हाम्रो देश रमाइलो भुवनमा जात्रा मनाऊँ कति
कात्रोसम्म नपाउने समय यो भोकाहरू शोकमा
पाको भैँ सकियो शरीर बलियो देखिन्छ यो रोगमा ।

बेहोरा धतुरे छ मानव छुचो नेतृत्वमा बस्दछ
आफ्नै राग भयो कडा मरिच झैँ तर्सेर ऊ भाग्दछ
फाल्यो जाल यता उता नजरले ढाँडे सरी बन्दछ
देख्यो मित्र भने सगोल जनको खेदो उही खन्दछ ।

सेतो वस्त्र लगाउँदै शहरमा घुम्दो भयो श्वानमा
भागाभाग भए सबै जनहरू आए छ काल भ्यानमा
श्वानैको त बनाइ भ्यान उसले जोड्यो नयाँ सम्पति
दौडे गाउँ बजार चोकतिर यी जोडा मिली दम्पति ।

ईमानी अनुशासनी मुलुकमा त्यो श्वान भन्दा भयो
दियौँ भोट जितेर गो सदनमा साँढे अनाडी भयो
मालाको अतिभार काँध उसको जात्रा भयो देशमा
भारी बोक्छ गधा सरी मतठगी जात्रा गरे देशमा ।

हाम्रो यो अधिकार कानुन सरी खोसेर लाने भए
खोक्रो नाटक मात्र यो मुलुकमा गोरा त काला भए
कालाकै सपना जता पनि यहाँ गोरा अमिल्दा भए
लौरो वा हतियार हुन्न कहिले सिद्धान्त नाली गए ।

०००
उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x