साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झेल, ताण्डव र देश

ढड्डा भन्छ सदैव नागरिकको सेवा गरी बस्छु म कुर्सीको यमराज भन्छ पहिले आन्द्राभुँडी चुस्छु म चुस्नेकै दरिला समीकरणले अड्डा लथालिङ्ग छन् मानौं बन्धित खोरमा हरिण छन् साँचा मुसा बोक्तछन् ।

Nepal Telecom ad

जयदेव गोविन्द :

घुम्छन् शुम्भनिशुम्भ मालिक बनी श्रीकृष्णका भेषमा
जोगिन्नन् किन बाबुबाट विचरा छोरीहरू देशमा ?
पूजा पाउँछ चोर साधु भुइँमा लड्छन् विलौना गरी
धर्तीले कतिसम्म थेगिरहेला यो पापको भ्रामरी ?

सीमास्तम्भ चुर्किई दिनदिनै भूभाग सानो हुँदा
छाती काख उजाडिई विरहमा नेपाल आमा रुँदा
सुत्तैछन् अगुवा भने सफलता उफ्रेर भेटिन्छ के ?
कात्राचोर गए मलाम शवको सर्वाङ्ग छोपिन्छ के ?

अड्डाका मुख टाल्नमै विवश छन् आक्रान्त डेराहरू
घुम्ने मेच थिचेर आँ मुख गरी बस्छन् लुटेराहरू
लुट्ने जागिर हो भने वचनको हल्ला चुटेको किन ?
छोपी टेबुलभित्र हात ! दिउसै मान्छे लुटेको किन ?

ढड्डा भन्छ सदैव नागरिकको सेवा गरी बस्छु
म कुर्सीको यमराज भन्छ पहिले आन्द्राभुँडी चुस्छु
म चुस्नेकै दरिला समीकरणले अड्डा लथालिङ्ग छन्
मानौं बन्धित खोरमा हरिण छन् साँचा मुसा बोक्तछन् ।

हुन् साझा सरकार मातहतका सम्पूणर् अड्डाहरू
डुब्दैछन् किन घूसका प्रलयमा सेस्तो र ढड्डाहरू ?
सेवा नाटकमा छ सीमित अरु छन् झेलका उत्सव
ए आमा ! कतिसम्म हेरिरहने यी भ्रष्टका ताण्डव ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
मर्नु हो

मर्नु हो

जयदेव गाेविन्द
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x