साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झेल, ताण्डव र देश

ढड्डा भन्छ सदैव नागरिकको सेवा गरी बस्छु म कुर्सीको यमराज भन्छ पहिले आन्द्राभुँडी चुस्छु म चुस्नेकै दरिला समीकरणले अड्डा लथालिङ्ग छन् मानौं बन्धित खोरमा हरिण छन् साँचा मुसा बोक्तछन् ।

Nepal Telecom ad

जयदेव गोविन्द :

घुम्छन् शुम्भनिशुम्भ मालिक बनी श्रीकृष्णका भेषमा
जोगिन्नन् किन बाबुबाट विचरा छोरीहरू देशमा ?
पूजा पाउँछ चोर साधु भुइँमा लड्छन् विलौना गरी
धर्तीले कतिसम्म थेगिरहेला यो पापको भ्रामरी ?

सीमास्तम्भ चुर्किई दिनदिनै भूभाग सानो हुँदा
छाती काख उजाडिई विरहमा नेपाल आमा रुँदा
सुत्तैछन् अगुवा भने सफलता उफ्रेर भेटिन्छ के ?
कात्राचोर गए मलाम शवको सर्वाङ्ग छोपिन्छ के ?

अड्डाका मुख टाल्नमै विवश छन् आक्रान्त डेराहरू
घुम्ने मेच थिचेर आँ मुख गरी बस्छन् लुटेराहरू
लुट्ने जागिर हो भने वचनको हल्ला चुटेको किन ?
छोपी टेबुलभित्र हात ! दिउसै मान्छे लुटेको किन ?

ढड्डा भन्छ सदैव नागरिकको सेवा गरी बस्छु
म कुर्सीको यमराज भन्छ पहिले आन्द्राभुँडी चुस्छु
म चुस्नेकै दरिला समीकरणले अड्डा लथालिङ्ग छन्
मानौं बन्धित खोरमा हरिण छन् साँचा मुसा बोक्तछन् ।

हुन् साझा सरकार मातहतका सम्पूणर् अड्डाहरू
डुब्दैछन् किन घूसका प्रलयमा सेस्तो र ढड्डाहरू ?
सेवा नाटकमा छ सीमित अरु छन् झेलका उत्सव
ए आमा ! कतिसम्म हेरिरहने यी भ्रष्टका ताण्डव ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहम् !

अहम् !

जयदेव गाेविन्द
ए मूर्ख मान्छेहरू

ए मूर्ख मान्छेहरू

जयदेव गाेविन्द
मर्नु हो

मर्नु हो

जयदेव गाेविन्द
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x