साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोखरेल, मुलतिहुन र लौका

अन्ततः लाैका एक एकवटा बाँडिएर जनक चालिसे मार्फत डा. मुकेश चालिसेकाे भान्सा र लुइँटेलनी मार्फत लुइँटेल* काे भान्सामा भित्रिन पुगेकाे सुइँकाे सुलसुले दिएकाे छ ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

चिनापर्चीका क्रममा ‘पोखरेल’ भनेपछि डिल्लीप्रसाद मुलतिहुनले उसै नछाड्ने रहेछन्; छाडेनन् । प्रश्न तेस्र्याई हाले— ‘दूध पोखरेल कि पानी पोखरेल ?’ प्रश्नको यो तह पार गरेपछि यिनको अर्को प्रश्न— ‘घर कहाँ नि ?’ अनि यिनले सोध्ने रहेछन्— ‘पहाड घर कहाँ हो ?’ यो चरण पार गरेपछि यिनको प्रश्न हुने रहेछ— ‘त्यहाँ कहाँबाट आएको नि ?’ यी मुलतिहुनले पानी पोखरेलको गोत्र, वंश, मूलथलो आदिका बारेमा खलिखाएका रहेछन् । यिनले स्कूल कलेजमा पोखरेलकै विषयमा पढेका हुन् कि कसो हो ? मलाई ओखलढुंगाको माम्खासँग जोडेपछि बल्ल यिनले सन्तोषको सास फेरे । अनि यिनले जुँगामा ताउ दिदै भने— ‘ओखलढुङ्गाका पोखरेल मेरा बुढा मावली ।’

मुलतिहुन उट्पट्याङका उस्ताद हुन् भन्ने कुराको प्रमाणपत्र यिनले फित्कौलीको सम्मान तथा पुरस्कार कार्यक्रमको अन्त्यतिर नरनाथ लुइँटेललाई लौका पुरस्कार दिएर साबित गरेकै थिए । यिनले भाटभटेनीमार्का झोलामा ल्याएका रहेछन् पुरस्कार । र, भन्दा रहेछन्— ‘यो तयार गर्न मलाई तीन महिना लाग्यो ।’ कार्यक्रममा उद्घोषक सरोज घिमिरेले मुलतिहुनको व्यहोरा रिठ्ठो नबिराई बोली दिए । हामीले सोच्यौं कलाकार रहेछन् क्यार । काष्ठकला वा प्रस्तरकलामध्ये कुनै एक विधामा राम्रै शिल्प खर्चिएका होलान् । जब यी टोपी मिलाउँदै पुरस्कार थमाउने मुद्रामा अगाडि गएर उभिए, हाम्रो कौतुहलता उत्कर्षमा पुग्यो । यस अघि सम्मान पाउने र पुरस्कार हात पार्ने सबैजना दङ्गदास थिए, लुइँटेल पनि त्यस्तै केही सोच्दै थिए होलान् । लुइँटेलले पुरस्कार त दुवै हातमा पाए तर पाएछन्— लौका । मुलतिहुनले यसरी हाम्रा अनुमानलाई थाङ्नामा सुलाई दिएका थिए ।

मनमा झस्का पस्यो— सोह्रसराद आउँदै छ । यी पोखरेल त मेरा बुढा मावली हुन् भन्छन् । यो के हत्ते आइलाग्यो ?

अनि मैले सोधेँ— ‘यो मुलतिहुन भनेको के नि ?’ यी हाँसे । हाँसी मात्र रहे । ‘यो मुलतिहुन भनेको दाहाल हो कि क्या हो ?’ मेरो अक्कलले ठिकै दिशा समातेछ । मेरो कुरा सुनेपछि यी झन् मज्जाले हाँसे ।

यी दाहाल रहेछन् र दुनियाँलाई मुलतिहुन भनेर रनभुल्ल पार्दै आएका रहेछन् । अनि पोखरेललाई भेटे भने म पोखरेलको भान्जो हुँ भन्न पनि चुक्दा रहेनछन् । यिनले भन्ने गरेको मुलतिहुनको अर्थ दाहाल हो भन्ने खुलेपछि मैले त्राण पाएको अनुभव गरेँ र हत्तपत्त भनी हालेँ— ‘दाहाल त मेरा ससुराली ।’

‘दाइभाइको ससुरालीलाई तपाईंले ससुराली भनेको होला । तपाईंको आफ्नै ससुराली दाहाल होइन होला टोलछिमेकमा कसैले दाहालकी छोरी भित्र्याउने अवसर पाएका छन् भने सबैले दाहाल मेरो ससुराली भन्ने चलन छ— गाउँतिर । शहरमा त्यस्तो चल्दैन ।’ चम्बु रहेछन्— मुलतिहुन । अगाडि सोह्रसराद छ । दक्षिणा थाप्ने वर्गबाट एकै झट्कामा दक्षिणा टक्र्याउने वर्गमा जान के मन हओस् । यिनले धेरै समय मलाई केरकार गर्नमै बिताए ।

मैले विषयान्तर गर्दै भने— ‘तरकारी खेतीको भक्तपुरमा आफ्नै टनेलै छ कि कसो ? कि, यहीँ बाहिर पसलमा किनेर झोलामा हालेको हो— लौका ?’

यिनले छानामा गमलामा तीनचार महिनाअघि रोपेका रहेछन्— लौकाको विरुवा । लौका फल्ला र खाउँला भनेर यी साँझबिहान गमलामा खन्याउँदा रहेछन्— पानी । तीन महिनापछि लौका फल्न त फलेछ; तर जम्मा दुइटा । घरका मान्छे यताउता लागेको मौका पारेर त्यही लौका झोलामा हालेर लुसुक्क घरबाट निस्केका रहेछन्— यी । यिनले लामो सुस्केरा तानेर भने— ‘आजको दिन अहिलेसम्म ठिकठाकै चलेको छ— मेरो । घरमा पुगेपछि पनि राम्रै हओस् भनेर मेरो नाममा शुभकामना दिनुहोस्; मामाबाजे !’
यी फेरि पनि दक्षिणा थाप्ने वर्गमै उभिन खोजे ।

फित्कौली डटकमले कार्यक्रममा चिया खाजाको व्यवस्था पनि गरेको थियो । कसोकसो यिनको ध्यान प्लेटको सेलतिर भट्किएछ र मात्र । नत्र यी हामी बीचको नाता छिनोफानो गरेरै छाड्ने मुद्रामा देखिएका थिए ।

पुच्छारमा फित्काैली मास्टर लुइँटेलकाे थप टिप्पणी नथप्ने हाे भने याे लाैका प्रकरण अधुरै पाे हुन्छ कि ? एकै साइजका हेर्दै खाउँखाउँ लाग्ने ती दुइ थान लाैकामाथि सभाका सभासदहरूकाे लाेभी नजर परेकै थियाे ।    पुरस्कृत रकमकाे थैली पुरस्कृत स्रष्टाले सभामै पत्नीलाई हस्तान्तरण गरे जस्तै लुइँटेलले पनि लुइँटेलनीलाई हस्तान्तरण गरेकाे कुरा ठिक साँचाे हाे । अन्ततः लाैका एक एकवटा बाँडिएर जनक चालिसे मार्फत डा. मुकेश चालिसेकाे भान्सा र लुइँटेलनी मार्फत लुइँटेल* काे भान्सामा भित्रिन पुगेकाे सुइँकाे सुलसुले दिएकाे छ ।

०००
बोजेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

यी पोखरेल लौकाको तिहुन खान नपाएर खराँसिएका रहेछन् । आफूलाई चाहिएको सुनभन्दा महँगो लौका एकजनाले आफूलाई नदिएर लौ तँ खा भन्दै लुइँटेल बाजेलाई दिएपछि यिनको ब्रह्मण्डी तातेछ अनि यी पंक्तिहरू पोखरेलले पोखेछन्।

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

Wow

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

हास्यव्यंग्यको मर्म बुझ्ने र स्वीकार गर्न सक्ने मन र मुटु सबैसंग हुँदैन । डिल्लीप्रसाद मुलतिहनसंग यी दुबै रहेछ । र, आफ्नो फेसबुक पेजमा सेयर गर्नु भयो ।
ठट्यौली योग्य व्यक्तिसंगै गरिएछ र नातासम्बन्ध उचित थरमै गाँसिएछ । खुसी लागेको छ ।
हार्दिक धन्यवाद, डिल्लीप्रसाद मुलतिहुन सर!

Nepal Telecom ad
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
कुखुरो : घडी चरो कि विकासे चरो ?

कुखुरो : घडी चरो...

ईश्वर पाेखरेल
लुङ्गी : न टाँक न इजार

लुङ्गी : न टाँक...

ईश्वर पाेखरेल
भोट

भोट

ईश्वर पाेखरेल
3
0
Would love your thoughts, please comment.x
()
x