साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निष्काम भो भव्यता

कोही दीन र हीन खान नपुगी आशा सधैँ गाँसको धेरै मानिस छन् अझै घर बिना, आशा सधैँ बासको कोही मालिक व्यञ्जनै कति ठुला खाई अघाउन्न है चौरासी त्यसरी मिलोस् त कसरी सिस्नो नि पाउन्न खै ॥

Nepal Telecom ad

हेम अधिकारी :

यौटै आस मिठो छ आज गुरुजी भाषा सुधा पारखी
थोरैमात्र कला छ साथ मनमा हे व्यासका सारथि
उच्चा पर्वतराज राज रसिलो आभासुधा वर्षिने
पाऊँ कोर्न सचित्र मानव कला आमा सधैँ हर्षिने ॥१

व्यासाचार्य कला थियो सरसिलो यो भूमिको भव्यता
कस्तो सुन्दर हा ! समान गतिको प्राचीनको सभ्यता ।
कोही उच्च र नीच छैन, सबमा एकत्वको भावना
जम्मै मानिसको समान हक हो यो पावनी धाममा ॥२

कोही बाँच्नु परेन मालिक भजी आधारको आसमा
केही भेद नभै समान सबमा पर्दैनथे त्रासमा
साथैसाथ भएर मानव सबै बस्ने उही धाममा
आफ्नो ज्ञान र सीप माफिक सबै संलग्नता काममा ॥३

नारी पूज्य समान शक्ति र सखा ज्ञानी,कला दायिनी
माताशक्ति धरा धरेन्द्र धरणी वाणी सुधा पावनी
हाम्रा वेद विधानले जगत यो साझा घरै हो भने
कित्ता काट थिएन मानिस सबै एकै, समानै गने ॥४

यस्तो भव्य र सभ्य हो अजितको हाम्रो पुरानो कथा
ज्ञानी, ध्यान जपी, तपी र बलिया पुर्खाहरूका कथा
राम्रो पार्नु कता छ, थाम्न नसकी फाल्यौँ बिगार्‍यौँ किन
बिर्सी त्यो समता भुलेर ममता सद्भावनाका दिन ॥५

कोही दीन र हीन खान नपुगी आशा सधैँ गाँसको
धेरै मानिस छन् अझै घर बिना, आशा सधैँ बासको
कोही मालिक व्यञ्जनै कति ठुला खाई अघाउन्न है
चौरासी त्यसरी मिलोस् त कसरी सिस्नो नि पाउन्न खै ॥६

उच्चा आसनमा बसेर मजले गर्छन् कुनै शासन
कैयौँ शासितसाथ छैन घरमा काम्लो कठै ! आसन
यस्तो भूतविषे थिएन, अहिले कस्तो भयो सभ्यता
मान्छेमा जति भो विभेद अति भो निष्काम भो भव्यता ॥७

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x