साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घिरौँला र चिचिन्डाले पनि ए…कता गर्ने भएछन्‌

उता फर्सी, भोगटे, कटहर र ट्याँगाहरू भन्दै थिएर “हाहाहाहा घिरौँला र चिचिन्डाले पनि एकता गर्ने भएछन्” भन्दै आ–आफ्ना आङ छामछाम छुमछुम गर्दै थिए ।

Nepal Telecom ad

हेम अधिकारी :

यो प्रकृतिसँग पनि कम्ति मात्रै झोँक चल्दैन कैलेकाहीँ ता । कहाँ बस्याछ त्यो अभियन्ता,यहाँ भने उमार्‍या छ उमार्‍या छ अनेकथरिका घिरौँला र चिचिण्डा । उता फर्सी,कटहर, भोगटे र ट्याँगाको हालत भैसक्यो । तिनलाई कसले उमार्‍यो त्यही प्रकृति हो कि कुकृति हो उही जानोस् । जिस्क्याएर हैरान । हाँस्ता नि भुँडी प्याट्टै फुट्ने डर आखिर जेजसरि नि मार्ने दाउ ता होला तर । सामान्यलाई ता तर खायो भने मुटुको नली टालिन्छ रे खै उनीहरूको ता जति तर मार्‍यो उति सुसुन्निन्छ भैँसीमा लागेको खरीजुका जस्तै ।

कोठेबारी छ रतुवाको पिँधजति घिरौँला र चिचिण्डा कति हो कति । अचम्मै लाग्छ अकासका किर्किटी भन्दा बगुन्द्र । तिन आँख्ले,शप्तर्षिको एकता देखेर पर शुक्र र वृहस्पति जस्त भने किट् किट् भैरान कतै हाम्रोभन्दा घ्याम्पे भुँडी पो बनाउछन् कि भनेर ।

यति नाथे कोठेबारीमा उम्रोका डल्लाभन्दा धेरै ता घिरौँला र चिचिण्डा पो छुत्ती खेलेका देखेर फर्सी र भोगटेहरू रूप फेरेर नयाँ औतारमा सिँह र बाघ पो बन्ने ध्याउन्नमा चिचिला ब्याउन लागेका देखेर कटहर र ट्याँगा पनि पो सपेराले बिणा फुके झैँ आ–आफ्नै घाँटीमा झुन्डिएका गलगाँड फुलाएर खस्रे भ्यागुत्ताको जस्तै स्वर पो घन्काउँछन् ए बाबा !

यता नारा लागेर कोठेबारी नै थर्कमान, घिरौँला घिरौँला एक हौँ,चिचिन्डा चिचिन्डा एक हौँ । त्यतिले च्याबु्रङजत्रो भुँडी भएन भने घिरौँला चिचिन्डा एक हाैँ। यति भएपछि ता ती दमाहाजत्रो भुँडी हुनेलाई किन पो पत्ताल नभसाइएला त भनेर साँच्चै कम्मर कसे ।

नरसिँगे चिचिन्डाले घिरौँलालाई सबै मिलेर आउन अह््रायो । यता जालोपसेर धोद्रिन लागेको मृदङ्ग भुँडे घिरौँला नेता नि के कम सबै चिचिण्डा तीन लौरा तोडेका सर्पजस्ता देखेर तिमेरु पनि सबै चिचिन्डा मिलेर आओ अनि एकता बार्ता गरौँला भनेर उतै यु टर्न गरायो । बिकासे न हो घिरौँलो निकै बाठो । जो आफ्नो टिममा मजाले मिलेर मकैँको थाँक्रोजस्तो भएर आउँछ उसैले मुख्य नेता छान्छ भनेर मख्ख पार्‍यो ।

अब चिचिन्डाहरू भेला भए । सबै एकगठ भएर जाने निधो गर्न कस्सिए । यता फर्किन्ँछन् उता फर्किन्छन् कतै मिल्दैनन् । “ए गाँठे हो हामी नै नमिलेपछि घिरौँलासँग चैँ कसरी मिलौँला ।” तै जो होस् होस् एकता गर्ने नत्र ता फर्सी र भोगटेहरूले बित्याँस पार्छन् भनेर सिउँडीको बिटोजस्तै भएर लागे ।

उता घिरौँला पनि कति हो कति बिकासे, अकासे, भक्कासे, तिते, चिप्ले, भुन्टे, तन्के, रन्के, प्याल्भुँडे, हल्लुँडे कति कति । “जे भए नि जौँ एकताका लागि नत्र ता कटहर र ट्याँगाहरूले ब्याँगे खन्याएर देब्रेलहराको पात गुँडुल्क्याए झैँ गुँडुल्क्याउँछन्‌” घिरौँले नेताले ऐला गर्‍यो । यता “ती फर्सी, भोगटे,कटहरहरू कुहिहाल्छन् नि के ती आन्की न बान्कीका चिचिन्डासँग एकता गर्नु भनेर” बँदेलले थुतुनु उँस् उँस् गरे झैँ गर्दै थिए कति चैँ ।

तै पनि एकता बार्ता गने भनेर दुवैतिरका जोदाहाहरू छानिएर बसे ।

उता फर्सी, भोगटे, कटहर र ट्याँगाहरू भन्दै थिएर “हाहाहाहा घिरौँला र चिचिन्डाले पनि एकता गर्ने भएछन्” भन्दै आ–आफ्ना आङ छामछाम छुमछुम गर्दै थिए ।

०००
दमक, झापा
२०८२।०९।१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
युवा छन् त

युवा छन् त

हेम अधिकारी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x