साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक युगको मृत्यु

सल्काइ देऊ घिउले, रिउले, कात्रोले सजिएका मशालहरु झोसी देऊ चिता, दन्कियोस् दनदनी दहन यति पूर्ण होस् कि खरानीले समेत त्यो युगको नाम बिर्सियोस्।

Nepal Telecom ad

विनाेद सुवेदी :

आर्यघाटमा
मलाई एउटा चिता सजाइ देऊ—

अहिलेसम्मकै सबै भन्दा भयङ्कर, भयानक
त्यस माथि सुताइदेऊ
भर्खर मर्दै गरेको एक युगलाई

आव्हान गर सबै नवयुगका
युगान्तकारीहरुलाई
मलामी बनी, त्यही चितामाथि
थुपरी देऊ
जातजातीका बिचका चिराहरु,
अहम, अहंकार र घमन्डहरु
अविश्वास, घात प्रतिघात र
असहिष्णु वाद विवाद, प्रतिवादहरु ।

भिजाइ देऊ घिउमा,
कोची देऊ त्यही मरणासन्न लासका मुखमा
सबै धोखाधडी, अभिमान र अपमानहरु
निमोठिएका, चिथोरिएका आशाहरु
नमिठा, तिता, सुन्दै घृणित भाषाहरु
प्रेममा पाएका धोखाहरु,
मनभरी उब्जने इर्ष्या, वासना, क्रोध्, लोभ्, मोह
र मनमै लुकिछिपी बस्ने, स्वीकार गर्न नसकिएका दोषहरु ।

सल्काइ देऊ घिउले, रिउले, कात्रोले सजिएका मशालहरु
झोसी देऊ चिता, दन्कियोस् दनदनी
दहन यति पूर्ण होस्
कि खरानीले समेत
त्यो युगको नाम बिर्सियोस्।

मात्र बचोस् र फर्कियोस्
करुणाले उज्यालिएको
नव हृदय,
ज्ञानले भरिपूर्ण र न्यायतर्फ झुकेको

नव चेतना—
ढकढकाउँदै ढोका नवयुगको… ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आओ देशभक्त हो आओ !

आओ देशभक्त हो आओ...

विनाेद सुवेदी
भिडमा एक्लो म

भिडमा एक्लो म

विनाेद सुवेदी
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x