साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिडमा एक्लो म

भिडमा एक्लो म तर चारैतिर मुख मिठ्याई मेरै छ । दुख: सुख: लोभमोह भन्दा पर अलौकिक संसारमा बिचरण गर्ने बिहारी जस्तो चञ्चल सुन्दर खोला जस्तो सागर मन्थन बिष पिएर, मोजमस्त निलकन्ठ भोला जस्तो ।

Nepal Telecom ad

विनाेद सुवेदी :

तर
चारैतिर गाईंगुइँ मेरै छ
भावभङ्गी, आँखा सन्काइ, कान फुस्स्याइ
चोचोमोचो, लोलोपोतो, ओठ लेप्रर्याई मेरै छ
भिडमा एक्लो म, तर भिडभरी
छपक्कै लपक्कै भिड्मभिड,
म नै म ।

सत्य मात्र बोल्ने, आदर्शमा चल्ने मान्छे,
संसारमा थोरै मात्र हुन्छन्
कता कता, मुटुभित्र, चसक्क चसक्क
नमिठो गरि घोच्छ्न्।
आँखामा परेको कसिङ्गर जस्ता,
पारिलो माघे घाममा बदाम खाँदा
मुखमा परेको, कुहिएको, त्यो दानाको स्वाद जस्ता
सदियौँ पर्खिएर भर्खर भेटेकी, चित्तचोरसँग
मायाको कुरा साट्न नजिकै गई बोल्न खोज्दा,
ह्वास्स गनाएको त्यो स्वास जस्ता ।

जो थोरै भिड भन्दा अलग सोच्छ
त्यस्ले सारा भिडपुजारीहरुको मन घोच्छ ।
छिमेकीले आफ्नै घर छेउ बनाएको
आफ्नो घर भन्दा राम्रो अग्लो,
फूलबारी ढकमक्क खुशीले डमक्क घर जस्तो,
अधा तोला सुनको सिक्रीमा गुजारा चलाइरहेको म,
छिमेकी भाउजूको सुनका पाउजु जस्तो
नितम्बमा आएको पिलो जस्तो,
मायामा लागेको एड्स जस्तो ।

भिडमा एक्लो म
तर
चारैतिर मुख मिठ्याई मेरै छ ।
दुख: सुख: लोभमोह भन्दा पर
अलौकिक संसारमा बिचरण गर्ने बिहारी जस्तो
स्वतन्त्र, स्वछ्न्द, निर्मल्, निस्छ्ल्,
चञ्चल सुन्दर खोला जस्तो
सागर मन्थन बिष पिएर,
मोजमस्त निलकन्ठ भोला जस्तो ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x