साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्तै नजा जन्तरे

खुर्पानी फल चाख्न खोज्छ मुखले रोपिन्छ रिट्ठो तर खोज्नैपर्छ किसानको हक भनी जुट्छन् मुसा बाँदर हाँस्दै जान्छु भनी अटेर नगरेस् पक्कै तँ रोलास् भरे जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे ।

Nepal Telecom ad

हिरा भट्ट “बदमास नम्बर दुई” :

हेर् हेर् हेर् न उता चुनावघरमा घोर्लेखसी बाँधियो
जन्तीझैँ दलका सयौँ जुलुसको निम्तो कसैले दियो
रक्सी जर्किनमा छ जाँड जगमा भान्से नि देखापरे
जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे
।१।

उस्तै छन् दुलहा उही छ दुलही के पो रहन्थ्यो कमी
उस्तै गान बजान छन् बिगुल छन् उस्तै अगौतो लमी
चालै पाइनँ पञ्चगव्य रङको के वस्तु पो मन्तरे
जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे
।२।

छन् सङ्केत ठुलै अमङ्गल हुने छिन् मौन मैना चरी
गर्दैछन् चिल बाज आज नभमा सल्लाह नानाथरी
दिन्छन् शीतलता अरे छल गरे किन्छन् सलाई हरे
जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे
।३।

खुर्पानी फल चाख्न खोज्छ मुखले रोपिन्छ रिट्ठो तर
खोज्नैपर्छ किसानको हक भनी जुट्छन् मुसा बाँदर
हाँस्दै जान्छु भनी अटेर नगरेस् पक्कै तँ रोलास् भरे
जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे
।४।

छाएझैँ किन लाग्छ अन्तु अपिमा सैपालमा मौनता
छायाँ खप्तडमा तरङ्ग मुटुमा ॐकाव्यमा शारदा
बाँडेको गुलियो प्रसाद विष हो खाँदै नखा जन्तरे
जग्गेमा जप गर्दछन् असुरले जन्तै नजा जन्तरे ।
।५।

०००
बैतडी । हाल : कैलाली

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
SN sharma
SN sharma
6 months ago

अहा कविवर का सबै कविता अब्बल छन् । कविता अनेकौँ होलान उहाँबाट रचिएका , मैले जे जति पढ़ेँ , गुनगुनाञे ती सबै बेजोड़ पाञे 🙏

Nepal Telecom ad
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x