विनाेद सुवेदीक्यार्दै हुनुन्च राइँला बा, के छ गाउँघरतिर ?
देउतै पुरिएचन नि जेठा त्यो भञ्ज्याङतिर कि लग्याै र हौ कान्छा देउता पनि त्यै शहर र विदेशतिर फर्काइ देउन बाबै, त्यत्ति भए पनि आशा र भरोसा दया गरी एक चोटीलाई, यतै गामबेसीतिर ।

विनाेद सुवेदी :
अचम्म छ केरे बाबै कान्छा,
आजकाल त गाउँघरतिर
जङ्गल भाको छ नि हौ
त्यो लहलह धान बाला झुल्ने गैरी खेततिर
दशकौँ भयो देखेको छैन
फूलको डोलीको लावालस्कर
डुल्दैनन् नि बाबै आजकाल त
राँके भुतहरु ती तारेभिरतिर
झाडी भाको छ नि हौ साहिँला
आफ्नै पिँडी आँगन
बाघ्, भालु, हात्ती गैंडा डुल्छन् खेतबारी
सर्प बिच्छी धमिराको रगरगी छ नि बाबै
करेसा र दलानतिर
छैनन् नि माइला कोही पनि, त्यो पारी गाउँमा
दुइटी एकल बुढीहरु बाहेक,
के बस्छ्स् र हौ रोदी खै ?
गनाएर बसी खानु छैन रे आजकल त
मलमुत्र सबै एकै ठाउँ,
गिद्दले नतुरेका सिनोहरु छ्न् रे नि बाबै चारैतिर
जङ्गल अनि जङ्गली जनावर छिरे नि हौ काइँला गाउँघर
मान्छे जति सबै छिरे रे नि बाबै, शहर र विदेशतिर
गिद्द कुरी बसेका छ्न् नि हौ अन्तरे,
ती उपल्लाघरे झाँक्री बा
छैन नि केहि बाँकी हाँकोडाँको आजकल त
चाहर्दैनन् नि बाबै, वायु डाक्दै गामबेसीतिर
साथी भाकी छिन् नि बाबै, माइला
ती डाँडाकी गरीब झुत्रे एक्ली बोक्सी बुढीआमै
कुरुवा बसेको छु हौ जन्तरे,
तिनै बुढीको, ब्वाँसाहरुसँगै
डर त कत्ति छैन नि हौ बाबै
लेउले ढाकेर, जङ्गलले छोपेर
देउतै पुरिएचन नि जेठा त्यो भञ्ज्याङतिर
कि लग्याै र हौ कान्छा
देउता पनि त्यै शहर र विदेशतिर
फर्काइ देउन बाबै, त्यत्ति भए पनि
आशा र भरोसा
दया गरी एक चोटीलाई, यतै गामबेसीतिर ।
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest









































