साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यार्दै हुनुन्च राइँला बा, के छ गाउँघरतिर ?

देउतै पुरिएचन नि जेठा त्यो भञ्ज्याङतिर कि लग्याै र हौ कान्छा देउता पनि त्यै  शहर र विदेशतिर फर्काइ देउन बाबै, त्यत्ति  भए पनि आशा र भरोसा दया गरी एक चोटीलाई, यतै गामबेसीतिर ।

Nepal Telecom ad

विनाेद सुवेदी :

अचम्म छ केरे बाबै कान्छा,
आजकाल त गाउँघरतिर
जङ्गल भाको छ नि हौ
त्यो लहलह धान बाला झुल्ने गैरी खेततिर
दशकौँ भयो देखेको छैन
फूलको डोलीको लावालस्कर
डुल्दैनन् नि बाबै आजकाल त
राँके भुतहरु ती तारेभिरतिर

झाडी भाको छ नि हौ साहिँला
आफ्नै पिँडी आँगन
बाघ्, भालु, हात्ती गैंडा डुल्छन् खेतबारी
सर्प बिच्छी धमिराको रगरगी छ नि बाबै
करेसा र दलानतिर
छैनन् नि माइला कोही पनि, त्यो पारी गाउँमा
दुइटी एकल बुढीहरु बाहेक,
के बस्छ्स् र हौ रोदी खै ?
गनाएर बसी खानु छैन रे आजकल त
मलमुत्र सबै एकै ठाउँ,
गिद्दले नतुरेका सिनोहरु छ्न् रे नि बाबै चारैतिर

जङ्गल अनि जङ्गली जनावर छिरे नि हौ काइँला गाउँघर
मान्छे जति सबै छिरे रे नि बाबै, शहर र विदेशतिर
गिद्द कुरी बसेका छ्न् नि हौ अन्तरे,
ती उपल्लाघरे झाँक्री बा
छैन नि केहि बाँकी हाँकोडाँको आजकल त
चाहर्दैनन् नि बाबै, वायु डाक्दै गामबेसीतिर
साथी भाकी छिन् नि बाबै, माइला
ती डाँडाकी गरीब झुत्रे एक्ली बोक्सी बुढीआमै
कुरुवा बसेको छु हौ जन्तरे,
तिनै बुढीको, ब्वाँसाहरुसँगै
डर त कत्ति छैन नि हौ बाबै

लेउले ढाकेर, जङ्गलले छोपेर
देउतै पुरिएचन नि जेठा त्यो भञ्ज्याङतिर
कि लग्याै र हौ कान्छा
देउता पनि त्यै  शहर र विदेशतिर
फर्काइ देउन बाबै, त्यत्ति  भए पनि
आशा र भरोसा
दया गरी एक चोटीलाई, यतै गामबेसीतिर ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आओ देशभक्त हो आओ !

आओ देशभक्त हो आओ...

विनाेद सुवेदी
एक युगको मृत्यु

एक युगको मृत्यु

विनाेद सुवेदी
भिडमा एक्लो म

भिडमा एक्लो म

विनाेद सुवेदी
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x