साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लभ यू बा !

तर ... भित्री अन्धकार, निजी र गोप्य अथवा, दोस्रो तह र तेस्रो तहको जिन्दगीमा ककसको के के नाता, के थाहा,नचिनेको बाउ चोर बराबर ! रहस्यको पोको हरेक मान्छे।

Nepal Telecom ad

धनराज गिरी :

“म कस्ती छु ?” पहिलो साहित्यिक मिलनमा जियाको प्रश्न प्रोफेसर” सज्जननारायण गिरोपाध्याय विमलश्री” लाई। “हिँडन बिउटी !” प्रोफेसरको उत्तर।

दीर्घकालीन कुरा, लामो समय बित्यो। जिया अल्मोडाकी। साहित्यमा रुचि । नेपाल आइरहने। फरासिली। दुई चार मिलन भयो प्रोफेसरसित। “नारीको सम्मान हामी पुरुष को दायित्व !” प्रोफेसरको मान्यता। तर … भित्री अन्धकार, निजी र गोप्य अथवा, दोस्रो तह र तेस्रो तहको जिन्दगीमा ककसको के के नाता, के थाहा,नचिनेको बाउ चोर बराबर ! रहस्यको पोको हरेक मान्छे।

आज, लामो अन्तरालपछि, मर्यादित रोमान्टिक गफपछि जिया खुलिन् । यसरी,”सर, मान्छेहरूले जे पनि भन्न सक्छन् । र, पोटेन्सियल डेन्जर त जहाँ पनि हुन्छ नै, तर विगत १२ बर्षदेखि म उही कठोर बज्र सहन विवश छु। मेरो जीवन अब मनको जीवन मात्र हो। तनको जीवनबाट म मुक्त छु। अब म जोगन मीरा, ॐ शान्ति ॐ ! म प्लास्टिकको गुलाफ ! हजुर त एक निष्णात् विद्वान्, सङ्केत बुझ्नुहुन्छ। अभिधा चाहिन्न। कुन्नि किन हो हजुरसित मात्र यति कुरा भन्न मनलाग्यो।” भावुक बनिन् जिया। प्रोफेसरको कोमल मन,पग्लियो।

बोल्यो,”नानु,अब त तिमीलाई पनि “छोरी” भन्न मनलाग्यो। अब त म अझ दायित्व बहन गर्न दर्ज भएँ। र, यस्तो घटना पहिलो होइन है।”

“लभ यू बा ! हजुरको स्वभाव र खुल्लापन देखेर मलाई उहिल्यै “बा” भन्ने मन थियो। तर म हत्तपत्त, न साइनो, न कोपिला, न उदक, न रम्बास, न बाछिटा, न एलाक, आदत छैन। मेरो मनको ढुकुर शान्त ! लभ यू बा ! हजुर त नेपाली साहित्यजगतमा साझा अभिभावक हो। अरू दिदीबैनीहरूबाट पनि हजुरको बारेमा सुनेको छु।” जिया।

“मेरो अहोभाग्य ! धन्यवाद छोरी !” प्रोफेसर ।
“लभ यू बा !” जिया।
“आशीर्वाद !” प्रोफेसर । वार्ता सकियो।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शुकदेव उपाध्याय
शुकदेव उपाध्याय
6 months ago

Love you ‘Baa’ !

Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x