साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लभ यू बा !

तर ... भित्री अन्धकार, निजी र गोप्य अथवा, दोस्रो तह र तेस्रो तहको जिन्दगीमा ककसको के के नाता, के थाहा,नचिनेको बाउ चोर बराबर ! रहस्यको पोको हरेक मान्छे।

Nepal Telecom ad

धनराज गिरी :

“म कस्ती छु ?” पहिलो साहित्यिक मिलनमा जियाको प्रश्न प्रोफेसर” सज्जननारायण गिरोपाध्याय विमलश्री” लाई। “हिँडन बिउटी !” प्रोफेसरको उत्तर।

दीर्घकालीन कुरा, लामो समय बित्यो। जिया अल्मोडाकी। साहित्यमा रुचि । नेपाल आइरहने। फरासिली। दुई चार मिलन भयो प्रोफेसरसित। “नारीको सम्मान हामी पुरुष को दायित्व !” प्रोफेसरको मान्यता। तर … भित्री अन्धकार, निजी र गोप्य अथवा, दोस्रो तह र तेस्रो तहको जिन्दगीमा ककसको के के नाता, के थाहा,नचिनेको बाउ चोर बराबर ! रहस्यको पोको हरेक मान्छे।

आज, लामो अन्तरालपछि, मर्यादित रोमान्टिक गफपछि जिया खुलिन् । यसरी,”सर, मान्छेहरूले जे पनि भन्न सक्छन् । र, पोटेन्सियल डेन्जर त जहाँ पनि हुन्छ नै, तर विगत १२ बर्षदेखि म उही कठोर बज्र सहन विवश छु। मेरो जीवन अब मनको जीवन मात्र हो। तनको जीवनबाट म मुक्त छु। अब म जोगन मीरा, ॐ शान्ति ॐ ! म प्लास्टिकको गुलाफ ! हजुर त एक निष्णात् विद्वान्, सङ्केत बुझ्नुहुन्छ। अभिधा चाहिन्न। कुन्नि किन हो हजुरसित मात्र यति कुरा भन्न मनलाग्यो।” भावुक बनिन् जिया। प्रोफेसरको कोमल मन,पग्लियो।

बोल्यो,”नानु,अब त तिमीलाई पनि “छोरी” भन्न मनलाग्यो। अब त म अझ दायित्व बहन गर्न दर्ज भएँ। र, यस्तो घटना पहिलो होइन है।”

“लभ यू बा ! हजुरको स्वभाव र खुल्लापन देखेर मलाई उहिल्यै “बा” भन्ने मन थियो। तर म हत्तपत्त, न साइनो, न कोपिला, न उदक, न रम्बास, न बाछिटा, न एलाक, आदत छैन। मेरो मनको ढुकुर शान्त ! लभ यू बा ! हजुर त नेपाली साहित्यजगतमा साझा अभिभावक हो। अरू दिदीबैनीहरूबाट पनि हजुरको बारेमा सुनेको छु।” जिया।

“मेरो अहोभाग्य ! धन्यवाद छोरी !” प्रोफेसर ।
“लभ यू बा !” जिया।
“आशीर्वाद !” प्रोफेसर । वार्ता सकियो।

०००
चितवन

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शुकदेव उपाध्याय
शुकदेव उपाध्याय
10 months ago

Love you ‘Baa’ !

Nepal Telecom ad
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
1
0
Would love your thoughts, please comment.x
()
x