साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्तित्व VS सह-अस्तित्व

एक दिन तिमी पनि 'पावर'बाट 'वर' नै आउनेछौ र मसँग अवस्य भन्नेछौ । तिमी रहेछौ र पो म म रहेछु र पो तिमी आउ, सँगै सह-अस्तित्वलाई स्वीकारौँ ।

Nepal Telecom ad

गोपालप्रसाद दाहाल ‘प्राप्चाली’ :

तिमी छौ र पो म
म छु र पो तिमी
तिमी र म मिलेर पो हामी छौँ ।१।

तिमी र म वर सँगै थियौँ
म अझै वर छु
तिमी पावरमा छौ ।२।

तिमी अझै पावरमै छौ
र पो अस्तित्वको कुरा गर्छौ
म वरै छु र पो सह-अस्तित्वको कुरा गर्छु ।३।

के ‘वर’ र ‘पावर’को सम्बन्ध छैन ?
‘पावर’ले ‘वर’लाई बिर्सन्छ भने
अस्तित्वले सह-अस्तित्व कुल्चन्छ भने।४।

एक दिन
तिमी पनि ‘पावर’बाट ‘वर’ नै आउनेछौ
र मसँग अवस्य भन्नेछौ ।५।

तिमी रहेछौ र पो म
म रहेछु र पो तिमी
आउ, सँगै सह-अस्तित्वलाई स्वीकारौँ ।६।

०००
मोलुङ-३, प्राप्चा- ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x