साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुनासो

हामी गोबरका गणेशसरि छौँ फुट्छौँ, लुटिन्छौँ अनि सारा दोष थुपार्न माहिर भयौँ निर्दोष आफू बनी । फेरिन्नन् किन क्रान्तिबाट जडता यी शून्यता, दुर्दिन जोड्ने पत्थर, धातु, काठ र सिसा मान्छे नजुट्ने किन ?

Nepal Telecom ad

वासुदेव पाण्डेय :

धेरै काम गरेर बन्दछ धनी, सिद्धान्तले भन्दछ
गर्ने काम खटेर झन् गरिब छन् बस्ने धनी बन्दछ ।
बन्छन् पत्थर देवता रगडिए, बिन्ती कहाँ सुन्छ र
घोडाको त फलामकै छ चिउरा के ऊ सुखी हुन्छ र ?

टुक्का,सूक्ति,उखान छन् गहकिला किस्सा कहानीहरू
आशादीप जलाउने सब कुरा थप्छन् चुनौती बरु ।
‘गीता’ भन्दछ कर्मको फल ढिलो मिल्ने छ पक्कै तर
सोधे ‘काम ठुलो कि माम’ यसको हो ‘मौनता’ उत्तर ।।

भारी बोक्छ गधा खटीकन सधैँ सन्तोष के पाउँछ
बाँझो खेत चिरेर गोरु कहिले सम्मान भेट्टाउँछ ?
बाजेका दिनको तिरूँ ऋण भनी जोतिन्छ नाबालिग
जोती खेत कहाँ बने र हलिया त्यो भूमिका मालिक ।।

भन्थे ‘धीर बने, सहे सब कुरा राम्रो हुने’ रे पछि
सोही मन्त्र जपी सबै पिछडिए हुन्थ्यो कहाँ उन्नति ?
धेरै छन् तर एक छैन यिनमा खै ए-कताका कुरा
आफ्नो वर्ग लुटिन्छ हेर्छ सजिलै बाँधी दुई पाखुरा ।।

हामी गोबरका गणेशसरि छौँ फुट्छौँ, लुटिन्छौँ अनि
सारा दोष थुपार्न माहिर भयौँ निर्दोष आफू बनी ।
फेरिन्नन् किन क्रान्तिबाट जडता यी शून्यता, दुर्दिन
जोड्ने पत्थर, धातु, काठ र सिसा मान्छे नजुट्ने किन ?

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
चमत्कारी ‘च’

चमत्कारी ‘च’

वासुदेव पाण्डेय
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x