साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमत्कारी ‘च’

चुत्रो चोर्दछ चोर, चाट्छ चटनी चल्ला चिचिण्डा टिपी चाल्नो चोकर चाल्छ, चाल्न नसकी गर्दैन चाल्ने ढिपी । चन्दा, चन्दन, चोट, चोक र चुरा चल्दा चमत्कार छ चौतारी अनि चोक, चौर सबमा चर्को अह‌ङ्कार छ ॥

Nepal Telecom ad

वासुदेव पाण्डेय :

चन्दा, चोर र चक्रव्यूह, चतुरा, चम्चेहरूले चुसी
चासो, चिन्तन, चाख, चेत चुप छन् चर्कै चल्यो चाप्लुसी ।
चौडा चोक चिनेर चिन्तित हुँदै चाहे चलून् चालक
चाँदी, चाट, चना, चुरोट कि चिया, चुस्की र चन्दा चक ॥

चल्ने, चर्च, चरेस, चोक र चिनी, चौका, चुलो चामल
चोली, चर्म र चुम्बकीय गुणको, चर्चा चले चञ्चल ।
चोखो चन्दन, चन्द्रमा चहकिलो, चाञ्चल्य त्यो चाखको
चर्चा चल्दछ चारुको र चरुको चार्वाक, चाणक्यको ॥

चुट्की, चङ्गुल, चाकरी, चतुरता, चन्दा र चम्चेपन
चारो चाख्न चटक्क चातक चल्यो चिन्ता चिता चिन्तन ।
चोला चोट, चरित्र, चाख, चुलिई चारो चराझै छल्यो
‘चम्चावाद’ र चाकरीपन चली चोरेर चर्खा चल्यो ॥

चङ्ग्रे चाख्छ चटामरी, चप, चना, चुस्की पुगी चोकमा
चाक्सी, चम्सुर, चाउचाउ, चकटी, चस्मा किन्यो थोकमा ।
चोली, चन्दन, चन्द्रहार र चुरा चाहिन्छ भन्दै थियो
चन्द्रे चाउरिएर चिन्तित भई चट्टान बन्दै थियो ॥

चुत्रो चोर्दछ चोर, चाट्छ चटनी चल्ला चिचिण्डा टिपी
चाल्नो चोकर चाल्छ, चाल्न नसकी गर्दैन चाल्ने ढिपी ।
चन्दा, चन्दन, चोट, चोक र चुरा चल्दा चमत्कार छ
चौतारी अनि चोक, चौर सबमा चर्को अह‌ङ्कार छ ॥

०००
सुर्खेत
दुलही (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x