साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरी पीएम जी !

जसरी भ्रष्टाचारकाे भ सुन्न चाहनुभएन, भ्रष्टाचारीकाे मुख हेर्न चाहनुभएन र त सुनेर पनि नसुनेझैँ र देखेर पनि नदेखेझैँ गर्नुभएकाे हाे । देश विकास पनि गर्न त चाहनुभएकै हाे । नगरेकाे मात्र हाे ।

Nepal Telecom ad

रमेश समर्थन :

सरी पीएम जी ! उपनाम समर्थन राखेर विराेधी बन्याे याे बैगुनी नभन्नुहाेला । यसमा मेराे मात्र दाेष छैन । तपाईं पनि दाेषी हुनुहुन्छ । आज आएर जारी भएकाे याे दिव्याेपदेश प्रधानमन्त्रीकाे पहिलाे स्पेलमै जारी भएकाे भए लाखाैँ नेपालीको कल्याण हुन्थ्याे । एउटा वा दुईवटा सन्तान जन्माएका र तिनले पनि देश छाडेर बुढेसकालमा एक्लिएका बुढाबुढीले कति सुख पाउँदा हुन् ?

मैले भविष्यमा पीएमबाट यस्ताे दिव्याेक्ति बकस हुनेछ भन्ने सुइँको पाएकाे रहेँछु क्यार ! त्यसैले त २० वर्ष पुग्नासाथ बिहे पनि गरेँ र ३० वर्षमा आफूलाई चाहिने र आफूले सम्हाल्न सक्ने दुईवटा छाेराहरू जन्माएर नसाका पाइपमा गाँठाे पारिदिएँ । के गरम् त ? उतिवेला यस्तै दिव्यवाणीहरू जारी हुन्थे ठिक भातकाे गाँस मुखमा हाल्ने वेलामा । “दाेस्राे बच्चा कहिले ? पहिलाे स्कुल जान्छ जहिले । दुई सन्तान ईश्वरका वरदान । हामी दुई हाम्रा दुई ।” अनि अर्काले साेध्थ्याे, ” के गर्ने त ?” अनि सङ्गीतमा ढालेर भनिन्थ्याे स्थायी नियाेजनका लागि भ्याक्सेटाेमी वा लिपराेस्काेपी गर्ने अनि अस्थायीका लागि ” ढाल ! ढाल !! ढाल !!!” ढाल प्रयाेग गर्ने । अनि उता रिडियाेले “ढाल !” भन्थ्या, यता भुराभुरीले “दाल” भन्थे । बुढाबुढीले “ढाल”लाई “दाल” र “दाल”लाई “ढाल” सुन्थे ।

अनि कति जनाले त छाेराछाेरीकाे मासुम सवालकाे जवाफ दिन पनि सक्दैनथे किनभने उनीहरूलाई थाहा हुँदैनथ्याे ढाल के हाे र बच्चा जन्मिनुबाट राेक्न कसरी प्रयाेग गर्ने भन्ने र साेधिदिन्थे, “मम्मी, ड्याडी , हजुरले पनि ढाल प्रयाेग गरिस्या हाे ?” खाँदाखाँदैकाे गाँस भित्र नगएर बाहिर आउन खाेज्थ्याे । फेरि पनि बुढाबुढी एकअर्कालाई हेरेर मसक्क मस्किन्थे भने सन्तानलाई चुप लगाउँथे तर जवाफ दिएर हैन, हकारेर । के जवाफ दिने ?

उनीहरूका लागि त ढाल फुलाैना हुन्थ्याे र खेलाैना हुन्थ्याे । खेलाैना त बुढाबुढीकाे पनि हुन्थ्याे ! कुराे बेग्लै हाे ।

हेल्थ पाेस्टमा पनि गजबै हुन्थ्याे । चाहे घाउमा लगाउन टिन्चर आयाेडिन नहाेस्, चाहे ज्वराे घटाउन सिटामाेल नहाेस् तर एउटा बाकस हुन्थ्याे जसमा वीर याेद्धाकाे कवच “ढाल” काे चित्र हुन्थ्याे र लेखेकाे हुन्थ्याे “चाहिएजति लैजानुस् ।” अनि परिवार नियाेजनका लागि नभए पनि केटाकेटी भुलाउनका लागि भए पनि चाहिएभन्दा बढी नै गाेजीमा भर्थे ।

अँ त, म त अल्लारे भएर बरालिन्छु के लेख्दालेख्दै । मैले पनि पहिलाे बच्चा स्कुल गएपछि दाेस्राे जन्माएँ भने ईश्वरका वरदान मानेर दुईवटै जन्माएँ ।”खैर, देर से आए दुरुस्त आए” भनेझैं “ढिला आयाे तर कडा आयाे ।” याे कुराे यदि तपाईंले पहिलाे पटक बाेलिदिनुभएकाे भए गाँठागुँठी खाेलखाल पारेर भए पनि एउटा थपेर तपाईंको अभियानलाई शतप्रतिशत सफल पारिन्थ्याे । अहिले त ६६% मात्र भयाे ।

के गर्नु ? आफ्नाे त पेसा पनि भ्यागुताेझैँ बिहान उठेदेखि राति सुत्नुअघिसम्म टर्टर गरिरहने मास्टरकाे भयाे । त्यति नगरेकाे भए भएका दुईले पनि कुपाेषणकाे सिकार हुनुपर्थ्याे । न मास्टरले कलकारखाना बेच्न पाउने, न नदीनाला बेच्न पाउने, न कम्पनीको राजस्व मिनाहा गराएवापत कमिसन लिन पाउने, न मान्छेकाे तस्करी गर्न पाउने, न विकासकाे बजेट लुँड्याउन पाउने, न ठेक्कापट्टामा पीसी लिन पाउने, न जनताकाे काम गरेवापत घुस खान पाउने ! केवल केमल बनेर चार महिनामा आउने “तँ नखा” भन्ने “जा गिर्” गरेर तलब बुझ्याे घिटीघिटी बाँच्याे ।

त्यसैले पीएम जी ! म फेरि सरी भन्छु है ! ए सरी सरी ! हामी त सरी पनि भन्दैनाैँ नि त ! केवल भन्न चाहन्छाैँ । तपाईंले पनि त्यसाे भन्नुभएकाे त कहाँ हाे र ? भन्न चाहनुभएकाे हाे नि ! जसरी भ्रष्टाचारकाे भ सुन्न चाहनुभएन, भ्रष्टाचारीकाे मुख हेर्न चाहनुभएन र त सुनेर पनि नसुनेझैँ र देखेर पनि नदेखेझैँ गर्नुभएकाे हाे । देश विकास पनि गर्न त चाहनुभएकै हाे । नगरेकाे मात्र हाे । म पनि सरी भन्न चाहन्छु है ! सरी पी एम जी !

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x