साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन् धूर्त नेतागण

नेपाली पसिना बगी अरबका खाडी भए उर्वर बारी छन् मरुभूमिझैँ सब यहाँ छन् जीर्ण बस्ने घर । सत्तारोहण निम्ति ए-क-म-त नै छन् धूर्त नेतागण धानोस् के अब अर्थतन्त्र ऋण वा राजस्व, विप्रेषण ।।

Nepal Telecom ad

वासुदेव पाण्डेय :

रोगी शासन-तन्त्र, कानुन तथा संयन्त्र सत्ता सब
के हो रोग निदान गर्न कसरी होला यहाँ सम्भव ।
देखी जर्जर, रूग्ण, रूप रमिता हेरी बसूँ के गरी
लेखूँ लेख्न सकिन्न गीत कविता पीडा छ छातीभरि ।।

सीमा सर्छ मिचिन्छ हेर्छु निमुखो मानूँ म साक्षी बनी
दुख्ने वक्ष छ छैन नागरिकको यो दर्द साझा भनी ।
नेता देख्दछ अर्थ, मानमनितो, सत्ता, सुरा, सुन्दरी
छाडी बाहिरिए युवा मुलुक यो बन्थ्यो कठै के गरी ।।

सोची देशविकास हुन्छ सकिए सङ्घर्षका शृङ्खला
पर्ख्यौँ पाउँछ काम योग्य जनता देखिन्छ हाम्रो कला ।
सक्छौँ देश बनाउने सब पुगौँ सङ्कीर्ण घेरा पर
सक्तैनौँ नगरी विरोध जसले गर्दै छ मानौँ भर ।।

नेपाली पसिना बगी अरबका खाडी भए उर्वर
बारी छन् मरुभूमिझैँ सब यहाँ छन् जीर्ण बस्ने घर ।
सत्तारोहण निम्ति ए-क-म-त नै छन् धूर्त नेतागण
धानोस् के अब अर्थतन्त्र ऋण वा राजस्व, विप्रेषण ।।

बित्तो गर्न सकिन्न पार नहिँडी पर्दा अरूका भर
पन्छी हुन्छ समर्थ उड्न, नउडी पुग्दैन पक्का पर ।
आफू जाग्नु छ जाग जाग कति पो गर्लान् अरूले कर
आफैँ जुट्न र उठ्न खट्न नसके बन्दैन आफ्नो घर ।।

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
चमत्कारी ‘च’

चमत्कारी ‘च’

वासुदेव पाण्डेय
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x