साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्ने गरौँ आदर

जो दिन्छन् अभिभावकत्व ममता उत्प्रेरणा स्नेहिल जो हुन् रक्षक कृत्यबाट जसको भत्किन्न आस्था-डिल । बाँच्दासम्म बुबामुमा अघि सरी नि:स्वार्थ सेवा गर एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर ।।

Nepal Telecom ad

वासुदेव पाण्डेय :

जन्माई यस लोकमा जुन ठुलो नि:शुल्क लाए गुन
आमाबा भगवान् र तीर्थ घर हो यो सत्य वाणी सुन ।
माया आसिक प्रेरणा बल तथा आजन्म दिन्छन् भर
एकै वाक्य म भन्छु वृद्ध जनको गर्ने गरौँ आदर ।।

खप्छन् धैर्य गरी अभाव अनिँदो वा भोक तिर्खा कति
आफू होइन भन्दछन् जुन ठुला मान्छे बनुन् सन्तति ।
राखी बन्धक चाहना घर सबै सोच्छन् र देख्छन् पर
एकै वाक्य म भन्छु वृद्ध जनको गर्ने गरौँ आदर ।।

आफ्नै सन्तति ठान्दछन् कति यहाँ यी बोझ वा भार हुन्
हाम्रा लागि अमूल्य रत्न जहिले झन् ज्ञान भण्डार हुन् ।
सोच्दैनन् कुभलो तथा अहित जो हुन् गेहका डाक्टर
एकै वाक्य म भन्छु वृद्ध जनको गर्ने गरौँ आदर ।।

आशीर्वाद अशेष मिल्छ जसका अर्ती ऋचातुल्य छन्
बन्छन् सार्थक चाडबाड जसले थप्छन् अलङ्कार झन् ।
भन्छन् जो नित मार्गदर्शक भई सत्कर्म मात्रै गर
एकै वाक्य म भन्छु वृद्ध जनको गर्ने गरौँ आदर ।।

जो दिन्छन् अभिभावकत्व ममता उत्प्रेरणा स्नेहिल
जो हुन् रक्षक कृत्यबाट जसको भत्किन्न आस्था-डिल ।
बाँच्दासम्म बुबामुमा अघि सरी नि:स्वार्थ सेवा गर
एकै वाक्य म भन्छु वृद्धजनको गर्ने गरौँ आदर ।।

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
चमत्कारी ‘च’

चमत्कारी ‘च’

वासुदेव पाण्डेय
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x