वासुदेव पाण्डेयकहाँ बुद्ध हुन्छन् ?
लुगा मात्र सेता सधैँ कर्म कालो भिरी रामनामी कहाँ शुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय :
अहम् जुध्न छाडे कहाँ युद्ध हुन्छन् ?
भए शान्ति रोई गला रुद्ध हुन्छन् ?
सबै धर्मको मूल सिद्धान्त साझा
बुझेको भए को कहाँ क्रुद्ध हुन्छन् ?
‘प्रजातन्त्र’ माग्दान ‘महापाप’ ठान्ने
सबै व्यक्ति जङ्गे कहाँ जुद्ध हुन्छन् ?
लुगा मात्र सेता सधैँ कर्म कालो
भिरी रामनामी कहाँ शुद्ध हुन्छन् ?
गृहस्थी र आफन्त बिर्सी चटक्कै
सबै राज छाड्ने कहाँ बुद्ध हुन्छन् ?
०००
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































