साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्यूरा चपाऊ तिमी

लोहाको घरमा बसेर अबता च्यूरा चपाऊ तिमी आत्मा नै सुकिलो रहेन मनमा मान्छे उचाल्ने तिमी गन्दैछौँ दिन त्यो चुनाव नजिकै भाँचेर औला पनि खायौँ न्याय चपाउँदै घटघटी धारा दफा त्यो पनि ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

लोहाको घरभित्र छौँ शयनमा घेरा छ चारैतिर
आत्मा पोल्छ कठै कुनै कसुरमा बेहाल भो आखिर
आगो बाल्न सिपालु छौँ बुझ तिमी धामी र झाक्री अनि
खायौँ न्याय चपाउँदै घटघटी धारा दफा त्यो पनि ।

बिर्स्यौ न्याय सबै पुगेर पदमा काँचा भए साथमा
निल्यौँ न्याय सबै हिजो उपरको आराम होला गाथमा
भ्रष्टाचार समाप्त पार्न कसियौँ आगो हुँदै दन्दनि
खायौँ न्याय चपाउँदै घटघटी धारा दफा त्यो पनि ।

आफ्‌नो त्यो इतिहास न्याय घरको मेटाउँदै क्रोधले
न्यायाधीश समाज चुप्प रहने सत्ता लिने लोभले
आफ्‌नो आँग कन्याउँदै घरिघरी घुम्छन् तिनै फन्फनी
खायौँ न्याय चपाउँदै घटघटी धारा दफा त्यो पनि ।

बल्ड्याङ खान गएर लाज पचिगो ईज्जत् गयो पोखरी
मान्छे बन्न सकिन्न क्यार अहिले बुझ्‌दै गयौँ आखिरी
काँचा जेन जि काँधमा लडिबडी गर्दै रहेका अनि
खायौँ न्याय चपाउँदै घटघटी धारा दफा त्यो पनि ।

कालो सर्प बनेर ठुग्न सुरमा पार्टी र नेताहरू
बौलायौँ कि तयार छौँ सडकमा उफ्रेर बस्नै बरू
सोधे प्रश्न जवाफ चाहिँ कहिले दिन्छौँ तिमी हस् भनि
खायौँ न्याय चपाउँदै घटघटी धारा दफा त्यो पनि ।

लोहाको घरमा बसेर अबता च्यूरा चपाऊ तिमी
आत्मा नै सुकिलो रहेन मनमा मान्छे उचाल्ने तिमी
गन्दैछौँ दिन त्यो चुनाव नजिकै भाँचेर औला पनि
खायौँ न्याय चपाउँदै घटघटी धारा दफा त्यो पनि ।

काली नाग बनेर देश भरमा आतङ्क मच्चाउने
संवैधानिकता रहेन यिनमा गल्ती त सच्याउने
धामीको गलगाँड झैँ सफरमा देखिन्छ जैले पनि
खायौँ न्याय चपाउँदै घटघटी धारा दफा त्यो पनि ।

०००
उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x