साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनपेक्षित दुलहा

सीता नजिक पुगिन् । आँखामा आश्चर्य र श्रद्धाको मिश्रण थियो । जनकले सोधे, “नाम ?” युवकले हल्का मुस्कान फाल्दै भने, “नामले होइन, कर्मले चिनिन्छ मानिस ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“अन्धकारमै चम्कने मान्छे को हो त्यो ?” भीड पछाडिबाट उठेको आवाजले जनकपुरको रङ्गभूमि झस्कियो ।

“साइत डुब्दै छ,” पुरोहित गुनगुनाए, “धनुष मौन छ, को उठाउँछ अब ? कसैले हल्लाउन त सकेको होइन ।”

विवाह पञ्चमीको रङ्गीन मैदानमा अचानक चिसो हावा चल्यो । सीताको आँखामा आफ्नो भाग्य झरीजस्तै थामिन थालेको देखियो । राजा जनकको स्वर काँप्यो, “के मेरी सीता आजै दिनदेखि आजीवन कुमारी रहने निश्चित भयो ?”

भीडले एकैपटक फुटेर बाटो बनायो, जसरी रहस्यले समय चिरिदिन्छ । तत्कालै एक अपरिचित युवक अगाडि बढ्यो । साधारण वस्त्र, तर अनुहारमा असामान्य शान्ति झल्किएको थियो ।

राजा जनकले चकित हुँदै सोधे, “हे अतिथि, तपाईं…?”
युवक मुस्कुराए मात्र- न बोले, न रोकिए ।

उनी धनुषअगाडि उभिए । तयारी गर्दागर्दै धनुष नै दुई टुक्रा भयो । भीडमा थामिन नसकिने गरी हर्षले वर्षा भयो ।

सीता नजिक पुगिन् । आँखामा आश्चर्य र श्रद्धाको मिश्रण थियो । जनकले सोधे, “नाम ?”

युवकले हल्का मुस्कान फाल्दै भने, “नामले होइन, कर्मले चिनिन्छ मानिस । आज त्यो कर्मले तपाईंकी छोरीलाई मेरो बनायो ।”

सीताले थरथराउँदै सोधिन्, “तपाईं…?”

उनले पहिलोपटक स्पष्ट बोले; “राम । बस्, घोषणा सुनेर आएको राम ।”

०००
२०८२ मङ्सिर ९ गते ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
महिला अधिकार र लड्डु

महिला अधिकार र लड्डु

लक्ष्मी रिजाल
गफ संस्कृति

गफ संस्कृति

लक्ष्मी रिजाल
अतिरिक्त सेवा

अतिरिक्त सेवा

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
गाँडुतन्त्र

गाँडुतन्त्र

लक्ष्मी रिजाल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x