साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाँडुतन्त्र

तत्कालै मैले भनिदिएँ, “गणतन्त्रलाई गाँडुतन्त्रमा बदलेर हसुर्नेहरुलाई चोख्याएर गाई बनाउने तपाईंको पत्रिकामा मैले जे लेख्नुथियो लेखेँ ।”

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“मैले जे लेखेँ, आँखाले हेरेर र मनले ठम्याएर लेखेँ ।” सम्पादकले मेरो कथालाई पुनर्लेखन गर्नका निम्ति फिर्ता पठाउने कुरा गर्दा मैले भनेकी थिएँ ।
सम्पादकले कचकच गरिरह्यो । उसैले मागेकाले मैले लेखेकी थिएँ । कथा लेख्दा रमरम उज्यालो मात्र थियो । मेरो चेतनावस्था गुम हुन खोजेजस्तो अवस्थामा थियो । तर मेहनतले लेखेको हुँदा कसै गरेपनि म भाव बटार्न भने चाहन्नथेँ ।

“हामीले मृत्यु हत्केलामा लिएर, कात्रो टाउकोमा बाँधेर ल्याएको गणतन्त्रको धज्जी उडाउन तपाईंजस्ता फुटपाते लेखकलाई सुहाउन्न ।” मेरो अडानले चिढ्याएर सम्पादकले विषवमन गर्‍यो ।

मैले आफूलाई सचेत अक्षरधनी भनेर चिनाएँ । शहीदको सपना कुल्चिइयो भने । समयको असन्तुष्टि छादेको जनाएँ । गणतन्त्र ल्याउने मान्छे माथि बसेर यहाँ धज्जी उडाएको टुलुटुलु हेरिरहेको बताएँ । मैले अहिलेका डाडुपुनिउवालालाई खबरदारी गरेको जनाएँ । सम्पादक मान्न तयार भएन ।
तत्कालै मैले भनिदिएँ, “गणतन्त्रलाई गाँडुतन्त्रमा बदलेर हसुर्नेहरुलाई चोख्याएर गाई बनाउने तपाईंको पत्रिकामा मैले जे लेख्नुथियो लेखेँ ।”

०००
२०८१ जेठ १५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनपेक्षित दुलहा

अनपेक्षित दुलहा

लक्ष्मी रिजाल
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
महिला अधिकार र लड्डु

महिला अधिकार र लड्डु

लक्ष्मी रिजाल
गफ संस्कृति

गफ संस्कृति

लक्ष्मी रिजाल
अतिरिक्त सेवा

अतिरिक्त सेवा

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x