साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र अघाउँजी गरौँ

आऊ केही परेवा उडाओैँ गणतन्त्र देशभरि गुडाओैँ बजेटमा गणतन्त्र गरौँ जनता भनेको त परेवा न हो परेवालाई कनिका छरौँ खाएकोमा विरोध नगर्नू गणतन्त्र धरापमा पर्छ ।

Nepal Telecom ad

होम सुवेदी :

सत्र बर्खदखि गर्दै ल्याइएको
गणतन्त्र
यसबाजि पनि गरियो
केही भासनका कनिका छरियो
भासन र बजेटले भोका पेट भरियो
गणतन्त्रको गीत गाइयो
गणतन्त्रघोडा चढेर कुदाइयो
आँखा जुधाइयो
केही जोडी परेवा उडाइयो
भ्रष्टाचार गर्न दाम्लो चुँडाइयो
लौ आऊ
एक दुई हप्ता लगातार गणतन्त्र गरौँ
गति परौँ
कनिका छरौँ
बेडा पार गरौँ
खोलो तरौँ
आऊ केही परेवा उडाओैँ
गणतन्त्र देशभरि गुडाओैँ
बजेटमा गणतन्त्र गरौँ
जनता भनेको त परेवा न हो
परेवालाई कनिका छरौँ
खाएकोमा विरोध नगर्नू
गणतन्त्र धरापमा पर्छ
देशको हरियो घाँस चरौँ
चरेकोमा विरोध नगरौँ
गणतन्त्र धरापमा पर्छ
गणतन्त्र
सके वर्षभरि नै
नसके पनि एक दुई हप्ता गरौँ
भुँडी भरौँ
कनिका छरौँ
कनिका छर्दा पनि केही सीप नलागे
भिसा लिएकै छ
उता सरौँ
सकिन्जेल
यतै गणतन्त्र गरौँ
अघाउँजी गरौँ
लाद्रो भरौँ
गणतन्त्र गरौँ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x