साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफ संस्कृति

नेताजी भन्छन्, “हाम्रो लक्ष्य शिक्षाको पहुँच गरिबको घरमा पुर्‍याउने हो ।” तर शिक्षाको नाममा सरकारी विद्यालयमा सिँढी बिच्छ्याउने पैसा समेत चन्दा संकलनबाट उठाउनुपर्छ ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

हाम्रो समाजमा सामाजिक विकृतिहरूको कारखाना चलाउने मुख्य पात्र भनेकै नेताहरू हुन् । चुनावको समय नेताहरूको गफले मानिसलाई यस्तो झुक्याउँछ, जस्तो झिनाको पुच्छर समातेर सिंहलाई पिट्न सकिन्छ भन्ने सपना ।

चुनावको एक महिना अघि हाम्रो गाउँमा नेताजीको ठुलो जुलुस आयो । जुलुससँगै झन्डा, माइक र दर्जनौँ मोटरसाइकल पनि । नेताजीले गाउँको चोकमा भाषण गर्न थाल्नुभयो । उहाँले भन्नुभयो, “सुकुमबासीलाई जग्गा दिन्छौँ, बेरोजगारलाई रोजगारी ।”

तर विडम्बना ! नेताजीकै कार्यकालमा गाउँलेको जग्गा भाटभटेनी निर्माणका लागि नामसारी भएको थियो । बेरोजगारलाई भने गाउँका पसलमा चिया बनाउने तालिम मात्र दिइएको थियो ।

नेताजीको गफ यति स्वादिलो हुन्छ कि गाउँलेहरूलाई काठको खुर्पा फलामको भएको भ्रम पर्छ । नेताजी भन्छन्, “हाम्रो लक्ष्य शिक्षाको पहुँच गरिबको घरमा पुर्‍याउने हो ।” तर शिक्षाको नाममा सरकारी विद्यालयमा सिँढी बिच्छ्याउने पैसा समेत चन्दा संकलनबाट उठाउनुपर्छ ।

नेताजीले स्वास्थ्य सेवाका बारेमा भन्नुभयो, “गाउँमै अस्पताल बनाउँछौँ ।” तर अस्पतालको ठाउँमा अहिले एउटा बारबेरको पसल छ । अनि बिरामी भए, नेताजी आफ्नै हेलिकप्टरमा सहरको अस्पताल जान्छन् ।

०००
.

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Laxmi Rijal
Laxmi Rijal
1 year ago

नमस्कार धन्यवाद

लघुकथा प्रतिष्ठान नेपाल
लघुकथा प्रतिष्ठान नेपाल
1 year ago

great

Nepal Telecom ad
अनपेक्षित दुलहा

अनपेक्षित दुलहा

लक्ष्मी रिजाल
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
महिला अधिकार र लड्डु

महिला अधिकार र लड्डु

लक्ष्मी रिजाल
अतिरिक्त सेवा

अतिरिक्त सेवा

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
गाँडुतन्त्र

गाँडुतन्त्र

लक्ष्मी रिजाल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
2
0
Would love your thoughts, please comment.x
()
x