साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश – २२)

भावना सरस पोख सुयोग्य मानून् । साधना अटल हुन् मन मार्ग छानून् ॥ कर्म पूज्य छ भनी दिलले बिचारोस् । मिल्छ शान्ति घरमा मनले उमारोस् ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

जन्मसार नभए नर बन्न गाह्रो।
सार राख्छु मन होस् कृत हुन्न साह्रो ॥
कर्मले मनुजको भवभार हर्ने ।
भोक, रोग घरका सब दूर सार्ने ॥०६॥

खुल्छ मार्ग हितको चुन कृत्य सार ।
वृद्धका वर लिई हिँड योग्य धार॥
जन्मको सफलता सक सिद्ध गर्न।
शान्तिको पथ चुनी भव पार तर्न ॥०७॥

वृद्धमन्त्र युगयोग्य सिकेर राम्रो ।
बन्छ सार्थक जुनी गर याद हाम्रो ॥
कर्ममार्ग बढ प्राप्ति अनन्त मिल्छ ।
गेह सकस कर्म समूल निल्छ ॥०८॥

भावना सरस पोख सुयोग्य मानून् ।
साधना अटल हुन् मन मार्ग छानून् ॥
कर्म पूज्य छ भनी दिलले बिचारोस् ।
मिल्छ शान्ति घरमा मनले उमारोस् ॥०९॥

खुल्दछन् पथ नयाँ अनि प्राप्ति बढ्छन्।
उन्दछन् सुख नयाँ फल गेह झर्छन् ॥
वृद्ध सूत्रमय छन् सब टिप्नुपर्छ ।
भोक, रोग, गरिबी उठ जित्नुपर्छ॥१०॥

०००
सुम्बेक, इलाम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x