साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ खित्कौली

(शेयर कारोवारी बन्ने उद्देश्यले काठमाडौँ आएपछि) वीरबलः नेप्टेको अफिस कता होला? बलवीरः नेप्टे हैन होला नेप्से होला। नेपाल स्टक एक्सचेञ्जको छोटकरी रुप।

Nepal Telecom ad

अमर अधिकारी :

१.
(बसमा यात्रा गर्दैगर्दा)
पछाडि सिटका यात्रुः ओ भाइ ! मोबाइल झर्‍यो ।
अगाडि सिटका यात्रुः मोबाइल हैन, मोबाइलको कभर हो, काम नलाग्ने भएर फालेको ।
पछाडि सिटका यात्रुः त्यसरी जथाभावी फाल्ने हो त बसभित्र फोहोर ?
अगाडि सिटका यात्रुः नेपाली भनेर चिनिनुपरेन? कहिले बदामका खोस्टा फाल्छौँ, कहिले चकलेटका ।

२.
(क्यारेटबाट एकपोका दूध हातमा लिएर हजारको नोट दिँदै)
ग्राहकः पैसा काट्नुस् त साउजी !
साहुः विचरा हजारको नयाँ नोट रहेछ, कैँचीले काटम् कि ब्लेडले ?

३.
(पुस्तक प्रकाशन भएपछि)
प्रकाशकः पुस्तकको विमोचन कहिले गर्ने त लेखकज्यू ?
लेखकः ऋण लिएर छपाइ खर्च जुटाएको छु, विमोचन नगर्ने, घाटा हुन्छ।

४.
(तीनजना पेशागत परिचय गर्दै)
पहिलोः म चोपा अर्थात् चोरी र पाकेटमारी
दोस्रोः म ब्याठे अर्थात् ब्यापारी र ठेकेदारी
तेस्रोः म साले अर्थात् साहित्य र लेखन

५.
(दुईजना वनमा घाँस काट्दै)
निर्मलाः घाम डुबिसक्यो, घर जाउँजाउँ !
उर्मिलाः घाम हैन, सूर्य हो डुब्ने ।

६.
(शेयर कारोवारी बन्ने उद्देश्यले काठमाडौँ आएपछि)
वीरबलः नेप्टेको अफिस कता होला?
बलवीरः नेप्टे हैन होला नेप्से होला। नेपाल स्टक एक्सचेञ्जको छोटकरी रुप।

०००
खुंग्री, रोल्पा
हालः बुढानीलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x