साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतिरिक्त सेवा

भक्तेको ओठतालु सुक्न थाले । "तँ सोझो मोरो थाङ्नामै सुत्ने परिस् । १०/१० लिटर दूध के गर्छस् ?" पतञ्जलीको छिमेकीले कुरा तेर्सायो ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

भक्तेका दलानमा मेला लागेको थियो ।

टाढाटाढाबाट मानिसहरू ओइरिएका थिए । बाटो हिँड्ने, भारी बोक्ने, पानी ओसार्ने र गाईवस्तु चराउने सबै एक पटक भक्तेको आँगन नटेकी गन्तव्यमा लाग्दैनथे । जाँदा उत्साहित पाइलामा जान्थे र फर्कंदा ओठ लेप्र्याउँदै फर्कन्थे ।

आगन्तुकका सवालको जवाफ दिन भक्तेलाई भ्याइनभ्याई थियोे । पत्नी पानी पियाउन र लाइटर ल्याउन भित्र र बाहिर गर्थी । छोराछोरी दौतरीहरूसँग गफ लडाउन व्यस्त थिए ।

“तैंले गाई त गतिलै ल्याइछस् । तर यसबाट दूध झार्न चर्को छ ।” पतञ्जलि सेठले होच्याउने कुरा गर्यो ।

“जर्सी गाईको दूध गाउँघरमा बिक्री हुन्न । घिउ पनि लाग्दैन । भक्ते, तेरो लगानी ग्यारेन्टी डुब्छ ।” पतञ्जलिको नोकरले उस्तै कुरा गर्यो ।

भक्तेको ओठतालु सुक्न थाले । “तँ सोझो मोरो थाङ्नामै सुत्ने परिस् । १०/१० लिटर दूध के गर्छस् ?” पतञ्जलीको छिमेकीले कुरा तेर्सायो ।
अघिसम्म भक्तेले विकासको पाइलो चाल्यो भनेर प्रशंसाको गीत गाउनेहरू पनि अत्याउने खेलमा सामेल भएको देखेर भक्ते पत्नीले अगाडि सरेर भनी; “हामी गाईलाई पाल्छौँ; गाईले हामीलाई पाल्छ; तपाईंहरू ढुक्क भएर आआफ्नो घर फर्कँदा हुन्छ । अरू केही सेवा बाँकी रह्यो कि ?”

०००
कञ्चनरूप १२, रूपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनपेक्षित दुलहा

अनपेक्षित दुलहा

लक्ष्मी रिजाल
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
महिला अधिकार र लड्डु

महिला अधिकार र लड्डु

लक्ष्मी रिजाल
गफ संस्कृति

गफ संस्कृति

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
गाँडुतन्त्र

गाँडुतन्त्र

लक्ष्मी रिजाल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x