साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (१०)

छोरो अंश र वंश उज्ज्वल हुने यो जीवनी चम्किने ऐलेको सुखभोग उत्तम हुने भावी सुधारी दिने । छोराले सब पुग्छ जीवनभरी भन्ने बुझेका थियौँ छोरै तार्दछ वारपार जग यो झुट्टो बुझेका र’छौँ ॥

Nepal Telecom ad

हेम अधिकारी :

बाको हर्ष रहेन रत्ति अबता छोरो सहारा भनी
आमाको दिल फुट्छ शब्द नपुगी रुन्छिन् धरा धर्धरी ।
सारै थिल्थिल भो समाज अब लौ छैनन् प्रिया रोशनी
पीडा भित्र कथा – व्यथा हुनगयो टुट्तैछ माया पनि ।

हाम्रो आश थियो अघि पनि कति छोरा भएथे जब
लाग्लान् उन्नतिमा मिलेर कुलका दिया हुनेछन् तब
आँखाझैँ तिनका मुहार रसिला हेर्थ्यौँ खुसी वर्षियो
सारा दुःख अभाव खेपी तिनमै पीडा सबै बिर्सियो ।

छोरामा खुब मख्ख मख्खसँगले सारै खुसी भैगयौँ
ऐश्वर्यै सब वृष्टिपात हुनगो हामी कुबेरै भयौँ ।
छोरैमा मनको यसै भुवनको धोको सबै भर्दियौँ ।
छोरी चैँ नहुँदा हुने बुझिलियौँ माया सबै बिर्सियौँ ॥

छोरो अंश र वंश उज्ज्वल हुने यो जीवनी चम्किने
ऐलेको सुखभोग उत्तम हुने भावी सुधारी दिने ।
छोराले सब पुग्छ जीवनभरी भन्ने बुझेका थियौँ
छोरै तार्दछ वारपार जग यो झुट्टो बुझेका र’छौँ ॥

छोरामै धनमान ईज्जत हुने सारा कुलै चम्किने
पानी दान दिने र पारि तरिने विश्वासले गम्किने ।
सारा व्यर्थ रहेछ आज यसरी सन्तानको के भर
हामी वृद्ध भयौँ थला परिगयौँ भो जीवनी बन्जर ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x