साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

हामीले गरेको नदेख्नेहरू अन्धभक्त हुन् हामीलाई गाली गर्नेहरू दिमागी अशक्त हुन् आफूले खान नपाएपछि अङ्गुर अमलो हुन्छ भ्रष्ट, तस्कर, माफिया सबै पुत्र सशक्त हुन् ।

Nepal Telecom ad

दिव्य गिरी :

१.
आऊ हामी फुटेका फेरि जुटौँ
विपक्षीलाई तर्क-वितर्कको टुक्काले कुटौँ
सर्वमान्यले उहिल्यै भेडा भनेका थिए
तिनैलाई पहिलेको भन्दा बढी लुटौँ ।

२.
तिमी व्यङ्ग्य गाऊ म तेसैमा ताल दिन्छु
तिमी जसो भन्छौ म त्यस्तै चाल दिन्छु
परोस् नपरोस् अभिनय गर्न जानेकै छौ
तिमी ठूलो माछा भगाऊ म जाल दिन्छु ।

३.
हामीले राजा लखेटेको राजा हुनलाई हो
हामी रुपान्तरण भएको ताजा हुनलाई हो
परिवर्तन भनेको छुमन्तर गर्ने हो र ?
हामीले बाँसुरी फुकेको बाजा हुनलाई हो ।

४.
हामीले गरेको नदेख्नेहरू अन्धभक्त हुन्
हामीलाई गाली गर्नेहरू दिमागी अशक्त हुन्
आफूले खान नपाएपछि अङ्गुर अमलो हुन्छ
भ्रष्ट, तस्कर, माफिया सबै पुत्र सशक्त हुन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
सधैं लुकेर खायौ

सधैं लुकेर खायौ

दिव्य गिरी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x