साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरीब

चार पर्खालभित्र देख्ने विश्व के यी होइनन् गरीब ? बिहान बेलुका गाह्राे पर्ने हातमुख जोर्न तर भरिभराउ सहयोगी भावना मानवता यी कहिल्यै हुन्नन् गरीब कहिल्यै हुन्नन् गरीब ।

Nepal Telecom ad

दाहाल कल्पना :

लिएर आएका जन्मदै
संस्कारत: कोही
जन्मिएका घमण्डले
त कोही बानीको दासले
अनि कर्मले
हुने रहेछन्
गरिब
पैत्रिक
सामन्त
घुसपैठबाट
बनेका
सम्पत्तिका भनिने धनीहरू
हुने रहेछन्
कङ्गाली गरीब
कहिल्यै नसकिने बदल्न सोच
ऐश, आरामलाई
सम्झिने धनी
कर्मवाहकलाई
पु-याउन खोज्ने खाडलमा
होच्याउने
मिलाउन खोज्ने सोझै धरातलमा
भट्टीमा गएर
टट्टी गर्न पछि नपर्ने
कोठीमा गएर
रोटी लुछ्न अघि सर्ने
अरुलाई मान्छे नगन्ने
जुवा, तास
चरेस हेरोइनलाई
साथी ठान्दै
रजाइँ गर्ने
अनि सडकको बास हुने
के हुन सक्छन् यी गरीब ?
सम्पत्तिविहीन देखिने
हुन्छ गरीब ?
नियममा हिँड्नेलाई
बाटोमा
काँडा बिछ्याएर
टेबल
मुनि
माथिबाट
भर्ने
पोको
खल्ती
र बैंकखाता
के यी होइनन् गरीब ?
सही कर्मबाटै
कमाए सम्पत्ति
छैन मानवता
छैन सहयोगी भावना
के यी होइनन् गरिब ?
जालझेलबाट
आजको विकसित
अर्थतन्त्रमा
चकाचौध मर्करी बालेर
चार पर्खालभित्र
देख्ने विश्व
के यी होइनन् गरीब ?
बिहान बेलुका
गाह्राे पर्ने
हातमुख जोर्न
तर भरिभराउ
सहयोगी भावना
मानवता
यी कहिल्यै हुन्नन् गरीब
कहिल्यै हुन्नन् गरीब ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x