साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘चलचित्र, साहित्य र नेपाली सन्दर्भ’ विषयक विचारगोष्ठी

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा 'चलचित्र, साहित्य र नेपाली सन्दर्भ' विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असार १८ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा ‘चलचित्र, साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल प्रज्ञा -प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । उहाँले चलचित्र आफैँमा संवेदनशील साहित्य हो । यो प्रविधिमैत्री भएकाले चलचित्र साहित्य अरू विधाभन्दा भिन्न रहेको छ । आफ्नो कथा आफैँ लेखन र भन्न नसक्ने व्यक्तिले चलचित्र हेरेर आफ्नोबारे बुझ्न र धारणा बनाउन सक्छन् भन्नेमा जोडदिनु भएको थियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यको क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै चलचित्रसँग भाषा र प्रविधि रहेको हुँदा पाठ्य र लेखन साहित्यभन्दा दृश्य साहित्य सबैले बुझ्नसक्ने पहुँचमा हुन्छ । नेपाली चलचित्रको मौलिकता र स्तरीयताबारे चनाखो हुनुपर्नेमा जोडदिनु भएको थियो । प्रज्ञा-प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्य चलचित्र र साहित्य बारेको बहसको थालनी मात्रै भएको बताउनु भएको थियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य तथा वरिष्ठ कलाकार नीर शाहले कार्यपत्रमाथि टिप्पणी गर्दै साहित्य र कलालाई हेर्ने परम्परागत दृष्टिकोण समयसापेक्ष बदलिनुपर्ने धारणासहित पटकथा चलचित्रको मुटु हो । यो नै साहित्य हो ।साहित्य,कला र प्रविधि नै चलचित्र हो भन्दै हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र रहेको जिकिरसहित चलचित्रले प्रष्टसँग सबै वर्गका व्यक्तिको भावनालाई स्पर्श गर्न सक्ने बताउनु भएको थियो ।

उहाँले भारतीय कलाकारहरूले अभिनय गरेका कतिपय चलचित्रमा प्रष्टसँग नेपाली उच्चारण गर्न नसकेकै कारण डबिङ भएको जस्तो भान पर्न पुगेको भन्ने धारणा राख्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा प्राध्यापनरत डा. अशोक थापाले ‘चलचित्र ,साहित्य र नेपाली सन्दर्भ ‘विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले चलचित्र बेग्लै विधा भए पनि साहित्यसँग परिपूरक सम्बन्ध राख्ने भएकाले त्यसैअनुरूप
सैद्धान्तिकीकरण गर्नुपर्ने बताउँदै संस्कृति निर्माण र समाज रूपान्तरणमा चलचित्र र साहित्यका अन्य विधामा अधिकांश समानताहरू पाइन्छन्। यी दुईमा माध्यम मात्र फरक देखिन्छ । साहित्यभित्रका कथा लिखित माध्यमबाट शब्दका सहायताले अभिव्यक्त गरिन्छन् भने चलचित्रको प्रस्तुति चित्र, आवाज र दृश्यबाट गरिन्छन्। यिनीहरूको अन्तिम लक्ष्य विचार र भावनाको प्रकटीकरण वा सम्प्रेषण गर्नु रहेको बताउनु भएको थियो ।

गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रमाथि टिप्पणी गर्दै चलचित्रको इतिहास खोतलिएको भए पनि कार्यपत्र चलचित्र साहित्यबारे प्रष्ट हुन सकेको छैन । साहित्यिक विधामा चलचित्र बन्ने र व्यवसायिक हुने भए पनि नेपाली चलचित्रमा मौलिकतामाथि प्रश्न गर्नुपर्ने अवस्था रहेको बताउनुभएको थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै सीतादेवी ढुङ्गानाले विषयवस्तु र लेखनको तालमेल हुनुपर्छ, अलि प्रष्ट हुन सकेको छैन । चलचित्रमा पटकथा साहित्य, कला र प्राविधिक पाटोको बारेमा कार्यपत्र गहन र सार्थक ढङ्गले आउनुपर्ने धारणा राख्नु भएको थियोे ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष केपी पाठकले कार्यपत्रले साहित्य र चलचित्रको सम्बन्धलाई उजागर गरेको भए पनि चलचित्र आफैँमा दृश्य साहित्य हो भन्ने मान्यता स्थापित गर्न नै यो विमर्श सुरु गरिएको बताउनु भएको थियो।

उहाँले ‘एउटा उपन्यास’ले भन्दा बढी ‘एउटा चलचित्र’ले धेरै कुरा भन्न सक्ने जिकिर गर्दै समाज,संवेदनशीलता , सांस्कृतिक र समाज रूपान्तरणमा चलचित्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको थियो ।

सहभागीका तर्फबाट कार्यक्रममा कलाकार सुवास गजुरेल, चलचित्र पत्रकार विजयरत्न तुलाधार र नायिका विमला केसी लगायतले आआफ्नो जिज्ञासा राख्नु भएको थियो।

कार्यक्रमको सञ्चालन नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका सदस्य सन्ध्या थापाले गर्नुभएको थियो ।

०००
– चेतनाथ धमलाद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x