सुरेशकुमार पाण्डेविचार !
"हजुर एकदम ठिक भन्नुभयो सरले । म भन्दा ठुला र सम्मानिय हुनुहुन्छ हजुर । तर भयो के गल्ति मबाट त्यो बुझ्न सकिन सर ।"- नमराजले गल्ति सङ्केत गरिदिन विनम्र आग्रह गर्यो

सुरेशकुमार पाण्डे :
“तिमी जस्तो लेखक, समाज सेवक र विद्वान व्यक्तिसँग पनि यस्तो व्यवहार हुनसक्छ भन्ने त अनुमान पनि गरेको थिएन । आज जो देखियो त्यो न सोचेको देखियो।”- भुपारामले नमराजलाई उपहास् मिश्रित व्यङ्ग्य कसे।
“के भन्न खोज्नु भयो सर मैले त बुझ्नै सकिन !”-
नमराज अचम्म पर्यो र सोध्यो । उसले सोंच्यो आजको लेखमा कुनै कमि भेट्टाए की बूढाले ।
“गलती भयाेहोला सर, हजुरले देखाए अगाडि म सुधारौँला।”- नमराजले मुस्कुराउँदै थप्यो।
“हेर बाबु ! हामी सामाजिक अभियन्ता पछि तर पहिले तेह्र दिने भाइ । तिम्रो बाबालाई मैले दाजी भनेर सधैँ खुट्टामा ढोगेँ । त्यो नाताले तिमी मेराे छोरो पर्छौ । त्यही नाताले मैले तिमीलाई के भन्छु भने अन्याय अत्याचारको बिरोध गर्नै पर्छ तर आफूले पनि अन्याय चाहे त्यो घर हाेस् चाहे पर हाेस् कत्ती सहनु हुँदैन ।”- भुपरामले घुमाई फिराई गरेर भने।
“हजुर एकदम ठिक भन्नुभयो सरले । म भन्दा ठुला र सम्मानिय हुनुहुन्छ हजुर । तर भयो के गल्ति मबाट त्यो बुझ्न सकिन सर ।”- नमराजले गल्ति सङ्केत गरिदिन विनम्र आग्रह गर्यो ।
“हेर बाबु ! हामी जे जस्तो भए पनि मर्द हौँ ! म साठी वर्ष हुन आँटेको छु तर मैले अहिलेसम्म स्त्रीजातको लुगा छोएको छैन। महिलाको लुगा छोए आयु घट्छ। आज मैले तिमीलाई आफ्नै स्वास्नीको लुगा धाेएर सुकाएको देख्दा मलाई नराम्रो लाग्यो।”- भुपारामले नाक मुख बिगार्दै भन्यो।
रूढिग्रस्त उनकाे विचार सुनेर म उनकाे मुख हेरेकाे हेर्यै भएँ ।
०००
दाङ घोराही- १८
३२-०२-२०८१
Subscribe
Login
0 Comments
Oldest







































