साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचार !

"हजुर एकदम ठिक भन्नुभयो सरले । म भन्दा ठुला र सम्मानिय हुनुहुन्छ हजुर । तर भयो के गल्ति मबाट त्यो बुझ्न सकिन सर ।"- नमराजले गल्ति सङ्केत गरिदिन विनम्र आग्रह गर्यो

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“तिमी जस्तो लेखक, समाज सेवक र विद्वान व्यक्तिसँग पनि यस्तो व्यवहार हुनसक्छ भन्ने त अनुमान पनि गरेको थिएन । आज जो देखियो त्यो न सोचेको देखियो।”- भुपारामले नमराजलाई उपहास् मिश्रित व्यङ्ग्य कसे।

“के भन्न खोज्नु भयो सर मैले त बुझ्नै सकिन !”-
नमराज अचम्म पर्यो र सोध्यो । उसले सोंच्यो आजको लेखमा कुनै कमि भेट्टाए की बूढाले ।

“गलती भयाेहोला सर, हजुरले देखाए अगाडि म सुधारौँला।”- नमराजले मुस्कुराउँदै थप्यो।

“हेर बाबु ! हामी सामाजिक अभियन्ता पछि तर पहिले तेह्र दिने भाइ । तिम्रो बाबालाई मैले दाजी भनेर सधैँ खुट्टामा ढोगेँ । त्यो नाताले तिमी मेराे छोरो पर्छौ । त्यही नाताले मैले तिमीलाई के भन्छु भने अन्याय अत्याचारको बिरोध गर्नै पर्छ तर आफूले पनि अन्याय चाहे त्यो घर हाेस् चाहे पर हाेस् कत्ती सहनु हुँदैन ।”- भुपरामले घुमाई फिराई गरेर भने।

“हजुर एकदम ठिक भन्नुभयो सरले । म भन्दा ठुला र सम्मानिय हुनुहुन्छ हजुर । तर भयो के गल्ति मबाट त्यो बुझ्न सकिन सर ।”- नमराजले गल्ति सङ्केत गरिदिन विनम्र आग्रह गर्यो ।

“हेर बाबु ! हामी जे जस्तो भए पनि मर्द हौँ ! म साठी वर्ष हुन आँटेको छु तर मैले अहिलेसम्म स्त्रीजातको लुगा छोएको छैन। महिलाको लुगा छोए आयु घट्छ। आज मैले तिमीलाई आफ्नै स्वास्नीको लुगा धाेएर सुकाएको देख्दा मलाई नराम्रो लाग्यो।”- भुपारामले नाक मुख बिगार्दै भन्यो।

रूढिग्रस्त उनकाे विचार सुनेर म उनकाे मुख हेरेकाे हेर्यै भएँ ।

०००
दाङ घोराही- १८
३२-०२-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x