साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजब छ मित्र ! देश र सन्देश

पाठेघरको अप्रेशनको सट्टा किड्नीका व्यापार गर्ने सेता कोटहरूको विगविगी छन् यो अतिवाद कहिलेसम्म हो थाहा छैन तर पनि, गजब छ मित्र ! देश र सन्देश !

Nepal Telecom ad

नदी भट्टराई :

चाप्लुसीले भजन सपारेपछि
वाद्यवादकले भावी उत्तराधिकारीको निम्ति
माटाको मासिक धर्म रोकिदिएको बेला-
कोही देशलाई मधेश भन्छन्
कोही मध्यकालीन राई बन्छु भन्छन् र तराई खान्छु भन्छन्
कोही राष्ट्रलाई पर- राष्ट्र बनाउँछन्
कोही मासि रित्तिएको हाडसहितको पहाड मेरै हो भन्छन्
कोही देशकै उच्च गरिमा बोकेको
माल हि- माल तिब्बतको हो भन्छन्
गजब छ मित्र ! देश र सन्देश !

यहाँ लोकतन्त्रको सङ्घी – यता न यता न उता
सुदामाहरूको वस्तीमा
कारै कार भएको सर- कार भएको बेला –
भ्युटावरले आकाशिने रहर बोकेपछि न हो
बुढीगण्डकीको कोक्राबाट अक्षरका कलिला कखराहरू
पिङ खेल्ने रहर बोकेका
भोगविलासी जिन्दगीको नेतृत्व भएको देशमा
ती सारथि भन्दा ठूला त ती मुनाहरू पनि होइन रहेछन्
जसले चुहिने छानोको मुनि भविष्य पोते
जसले निराशा र ऊर्जाको रङ पोतिएको विद्यालयमा
वर्षौँ श्रम, शक्ति र पसिना खर्चिए
र अन्तिममा
जाबो मास्टर ! को उपाधि ग्रहण गरेर फर्किए !
कमाउनुहोस् महोदय ! टन्न कमाउनोस् !
केन्द्रदेखि वार्डसम्म नियम बनाउनोस्
नियमको मनखुशी विनियम बनाउनोस् र लुट्नोस्
लुट्ने कला प्रवर्द्धनको निम्ति कार्यालयैपिछे

कोट, टाई र ढाकाटोपीको हुलियाका
मुन्द्रे चोरहरू नियुक्ति गर्नोस्
धेरै किन पो चाहियो र ?
केन्द्रमा लुट्नको निम्ति
आचार नभएपछि आ ! चार भए पुग्छ !
चाख्नलाई छेउबाटै जुठो लगाए हुन्न र ?
जसरी बसको अन्तिम सिटमा बसेर पनि गन्तव्यमा पुग्न सकिन्छ
गजब छ मित्र ! देश र सन्देश !

राष्ट्र र देशको परिभाषा विरोधाभाषमा परेर
सार्वभौमसत्ता अपाङ्ग भएको बेला –
बाढीपहिरो, रोगभोक र शोकका अगाडि
सरकार अग्रगामी नामर्द सावित भएकै छ
दाताहरूबाट बाँडिएको स्वार्थी मिठाई
नेताहरूका डस्विनमा मल बनेका छन्
हिजो मात्र छिरिङ लामाका छ परिवार
पहिरोमा सदाका निम्ति निदाए
७२ वर्षीय विधवा दमिनी कान्छीले
हेल्थपोष्टबाट प्राप्त गर्ने निःशुल्क औषधिको सट्टा
म्याद नाघिएको सिटामोल खाएको धेरै भयो
जुवाघर (क्यासिनो) र होटलहरूमा
देहव्यापार बाध्यात्मक बनेको छ
पाठेघरको अप्रेशनको सट्टा किड्नीका व्यापार गर्ने
सेता कोटहरूको विगविगी छन्
यो अतिवाद कहिलेसम्म हो थाहा छैन
तर पनि,
गजब छ मित्र ! देश र सन्देश !

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x