साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महिला अधिकार र लड्डु

भोलिपल्टदेखि फित्कौलीमा महिलाहरूको नयाँ यात्रा सुरु भयो। उनीहरूले आफ्ना कुराहरू भन्न थाले। हरेक निर्णयमा उनीहरूको सहभागिता सुनिश्चित भयो।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

फित्कौली गाउँ एउटा रमाइलो ठाउँ थियो। साना झुप्रा घरहरू, बिचमा चौतारो, अनि मानिसहरूको घनिभूत हँसीमजाक थियो । तर, यो रमाइलोको आडमा केही गहिरा समस्याहरू पनि थिए। महिलाहरूलाई बोल्न, हाँस्न, आफ्नै जीवनको निर्णय गर्न अप्ठ्यारो हुन्थ्यो। पुरुषहरूले भने अधिकारका ठूल्ठूला कुरा गर्थे।

यो कथा त्यही गाउँको एउटा सभा र त्यसले ल्याएको परिवर्तनको हो।

गाउँमा महिला अधिकारको ठूलो सभा बस्यो। गाउँको चौतारोमा खचाखच भीड थियो। सभाको अध्यक्ष थिए रामु दाइ। उनी जानीमानी व्यक्ति थिए- गफ गर्न माहिर। माइक समातेर उनले ठूला कुरा गर्न थाले।

“साथीहरू, समय बदलिएको छ। महिलाहरूलाई स्वतन्त्रता दिनु पर्छ। उनीहरूले आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्छ। हाम्रो समाजलाई अघि बढाउन महिलाको सहभागिता जरुरी छ। आजको दिनदेखि हामी सबै मिलेर महिलाको अधिकार सुनिश्चित गरौँ।”

सभामा उपस्थित मानिसहरूले ताली पिटे। सबैले रामु दाइको कुरामा सहमति जनाएझैँ देखाए। तर सभामा महिलाहरूको अनुहार केही बोल्थ्यो- त्यहाँ केही अड्चन, केही प्रश्न थिए।

यत्तिकैमा रामु दाइकी श्रीमती शान्ता सभामा आइन्। उनको हातमा चियाको ट्रे थियो। उनले सबैलाई चिया बाँड्दै सोधिन्, “रामुजी, खाजा पनि बनाएकी छु। लड्डु चाहिन्छ कि झोलमासु ?”

रामु दाइले गला खस्र्याउँदै भने, “लड्डु ल्याऊ। तर यहाँ महत्त्वपूर्ण छलफल भइरहेको छ। तिमी चुप लागेर भान्सामा जाऊ।”

पुरुषहरूको हाँसो चल्यो । उनीहरूलाई यो सामान्य लाग्यो । तर, महिलाहरूले मनमनै केही महसुस गरे- त्यो थियो आफ्नो अस्तित्वको अपमान।

अचानक सुकन्या दिदी उठिन् । उनले कहिल्यै यस्तो सभा र निहित शक्तिवाला पुरुषहरूलाई चुनौती दिएकी थिइनन्। तर आज उनको धैर्य टुट्यो ।

सुकन्या दिदीको आवाज स्थिर तर दृढ थियो। “अध्यक्षज्यू, महिलालाई लड्डु र झोलमासुको प्रश्नबाट माथि उठ्न दिनुपर्छ। जबसम्म उनीहरूलाई हरेक निर्णयमा बोल्न दिइँदैन, तबसम्म अधिकारका कुरा केवल छलफलमै सीमित रहन्छन्।”

सभामा चुपचाप छायो। रामु दाइले पहिलो पटक यस्तो कुरा सुने। उनले पहिलो पटक महसुस गरे कि उनका शब्द र व्यवहारमा ठूलो अन्तर छ।

“अझ महिलाले बोल्न खोज्दा पुरुषहरू हाँस्छन्। महिलाले आफ्नो अधिकार खोज्दा उनीहरूको स्वर दबाइन्छ। यस्तै हुँदा समाजले महिलालाई कहिल्यै बराबरीको नजरले हेर्न सक्दैन,” सुकन्या दिदीले थपिन्।

रामु दाइ केही समय गम्भीर बने। उनले आफ्नो श्रीमती शान्ताको अनुहार हेरे। शान्ताका आँखा मौन भए पनि भित्र हजारौँ सपना दबिएका थिए।

रामु दाइले अन्ततः माइक समाते। “सुकन्या बहिनी, तिमी ठीक छौ। महिलाहरूको अधिकारको कुरा केवल सभामा कुरा गरेर पूरा हुँदैन। यो हाम्रो आफ्नै घरबाट सुरु गर्नुपर्छ। म वाचा गर्छु, आजदेखि मेरी श्रीमतीले हरेक निर्णयमा आफ्ना विचार राख्नेछिन्। म उनलार्ई सुन्नेछु।”

सभाले ताली बजायो। तर यो ताली गफका लागि थिएन; यो ताली परिवर्तनको सुरुवातका लागि थियो।

त्यस दिन सभा सकियो। तर महिलाहरूको अनुहारमा एउटा नयाँ चमक थियो। सुकन्या दिदीको हिम्मतले महिलाहरूलाई हौसला दिएको थियो।

भोलिपल्टदेखि फित्कौलीमा महिलाहरूको नयाँ यात्रा सुरु भयो। उनीहरूले आफ्ना कुराहरू भन्न थाले। हरेक निर्णयमा उनीहरूको सहभागिता सुनिश्चित भयो।

रामु दाइ र शान्ताको घर त्यस परिवर्तनको प्रतीक बन्यो। शान्ताले लड्डु मात्र बनाइनन्; उनले गाउँका महिला समूहहरूलाई नेतृत्व गर्न थालिन् ।

०००
कञ्चनरूप १२, रूपनगर, सप्तरी
laxmirijal2017@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनपेक्षित दुलहा

अनपेक्षित दुलहा

लक्ष्मी रिजाल
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
गफ संस्कृति

गफ संस्कृति

लक्ष्मी रिजाल
अतिरिक्त सेवा

अतिरिक्त सेवा

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
गाँडुतन्त्र

गाँडुतन्त्र

लक्ष्मी रिजाल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x