साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाक !!

नभएका यिनै नाक नाककै निम्ति छन् खडा अहङ्कार भरी भित्र गर्जनाले बडा बडा ! चालले चिनिने चट्ट विना यी नाक नायक नभएको छु हूँ चर्का बन्न खोज्ने विनायक !!

Nepal Telecom ad

कलानिधि दाहाल :

सामान्य घरका नाक घरमुली घुमाउँछ
उपदेश भरी भारी जम्मै शिर झुकाउँछ !
खोपीका मूर्तिमा सारा बच्चाका नाक ठोक्दछ
यताउति परे सारै घोच्ने वचन टोक्दछ !!

इन्कारमा छ गर्जेको ठूलो वृक्ष ढले सरी
लात हात दुवै चाली भकुरी अझ बेसरी!
नमाने नाक जालाझैँ बाघ गर्जन्छ घुर्घुर
सातो जान्छ सबै सुन्छन् काँप्दछन् अझ थुर्थुर!!

विना यी नाकका ठालु भालु बन्छन् चिथोर्दछन्
अनाहक बिथोलेर भयका भूल छर्दछन् !
जसका नाक नै छैनन् तिनै छन् नाक खातिर
धुरी भत्काउँदै गर्जी निमोठ्छन् चेतनाशिर !!

चितुवा भोकका जस्तै टम्म पेट भए पनि
घरका नाकका ठालु उफ्रेका छन् घुमीघुमी !
भुरासामु छु यो नाक नभए पनि भन्दछन्
नाककै निम्ति चोरेका ठगी पैसा यी गन्दछन् !!

बहादुर छु यो नाक झगडा सर्दछन् पर
लुछाचुँडी चलेको छ घरभित्रै निरन्तर !
स्वास्नी एक छ यो नाक अर्की सामु सजाउँछ
नानाभाँती झुठा बात गर्दै ओठ बजाउँछ !!

पति एक छ यो पत्नी अर्को लुकेर धाउँछे
घरको नाकका निम्ति घरभित्रै लजाउँछे !
बहाना भोजका गर्दै ठोक्किन्छन् नाक छौँ भनी
जसका नाक नै छैनन् तिनैका नाकका मुनि !!

घरका नाकले ठेल्दा सन्तान पर पुग्दछन्
नभएका तिनै नाक गल्लीमा नाक सुँघ्दछन् !
गन्ध गन्ध यिनै डोब अन्ध आँखा उघार्दछन्
चुपचाप हुने नाक विश्वलाई सुधार्दछन् !!

नभएका यिनै नाक नाककै निम्ति छन् खडा
अहङ्कार भरी भित्र गर्जनाले बडा बडा !
चालले चिनिने चट्ट विना यी नाक नायक
नभएको छु हूँ चर्का बन्न खोज्ने विनायक !!

गन्धा अन्धा उचालेर टपरी नाक फोहर
सञ्जाल जालमा फाली शून्य नाक छ सोत्तर !
स्याउँ स्याउँ यिनै गन्धे नाक नै नाकभोजमा
नभएका भयौँ भन्दै हल्ला रावणमोजमा !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x