साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न फल्छ न ढल्छ

ऊ सँग प्रशस्त भ्रष्टचार गरेको मल पश्चिमा मुलुक र ठुलदाइको बल छ त्यसैले विपक्षी को पछि तान्छ र आफू अघि जान्छ अरुको किरा कमिला ठान्छ आफू पश्चिमाहरूको सूचना सुम्पेर उनै दिएको कलो खान्छ ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

नेपालमा एउटा यस्तो दल छ
सधैँ पश्चिमा मुलुकको इशारामा चल छ
कमाउन सिपालु छ उसँग कमाउने
भ्रष्टचारको ठूलो पसल छ
जब चुनाव आउँछ
गुन्डा, भ्रष्ट, तस्कर, दलालहरू उठाउँछ
मनि मसल देखाएर चुनाव जिताउँछ
सांसद बनाउँछ सिंहदरबार घुसाउँछ
केन्द्रीय सुचना केन्द्रमा पुर्‍याउँछ
अनि संवेदनशिल सुचनाहरू
पश्चिमा मुलुक र ठुलदाइ समक्ष बुझाउँछ
अनि उनीहरूलाई रिझाँउछ
र यहाँको सरकार बनाउँछ
मनपरी शासन चलाउँछ
म कदापि झुठो बोल्दैन
पत्याउनुहोस्, साच्चै यहाँ एउटा त्यस्तो दल छ ।
न फुल्छ न फल्छ न सुकेर ढल्छ ।

फैलिएको छ झाङ्गिएको छ
तान्निएको छ कताकति बाङ्गिएको छ
तर पनि धान्निएको छ
ऊ सँग प्रशस्त भ्रष्टचार गरेको मल
पश्चिमा मुलुक र ठुलदाइको बल छ
त्यसैले विपक्षी को पछि तान्छ
र आफू अघि जान्छ
अरुको किरा कमिला ठान्छ
आफू पश्चिमाहरूको सूचना सुम्पेर
उनै दिएको कलो खान्छ
कर्मठ राष्ट्रसेवाको
वर्खास्त गर्छ
घुस्याहाहरू छानिछानी
लाजै नमानी
भन्सार मालपोत अन्तराष्ट्रिय विमानस्थलमा सरुवा
गरेर बढुवा गर्छ
यहाँ एउटा यस्त दल छ
न फुल्छ न फल्छ न सुकेर ढल्छ ।

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x