साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वहारा नेता

"हामी पनि यही देशका पुँजी पनि यही देशको, हजुरहरू पनि यही देशका मिलाएर आफै लेख्नुहोस्।"- नेता दल्लुले कुरा सक्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“खान तलासी गरौँ मसँग भाको चल अचल पुँजी यत्ति नै हो।”- दल्लुले खुबै जोड दिएर भन्यो।

आज संसदमा सम्पत्ती विवरण पेस गर्ने दिन।
“तर सर हजुरको पछिल्लो पटकको विवरण अहिले अलिक फरक भयो नि।”- आयोगले सुझायो।

“ओहो कस्ता कुरा गर्नु भाको अलिक फरक त भैहाल्छ नी महोदय ।”

हामीले बुझ्नै पर्ने कुरा यो चराचर जगत परिवर्तनशील छ । हिजो जस्तो थियो आज छैन र भोलि यस्तै रहिरहँने पनि हाेइन ।मरिलानु केही छैन ” -नेता दल्लुले भन्यो।

“सर पछिल्लो वर्षको तुलनामा यसपाली हजुरको कयौँ गुणा आयमा वृद्धि भएको देखियो। उक्त रकम कहाँबाट आयो।” – आयोगले बुझ्न खोज्यो।

“जस्तै एउटा जीवित पार्टी गतिशील हुन्छ, उर्जाशील हुन्छ । विकाशील हुन्छ । त्यो पार्टीको अध्यक्षकाे हैसियत कस्तो हुनुपर्छ होला ?

यो आयश्रोत केही मेरो हुनसक्छ केही पार्टीको हुनसक्छ। अनि साँच्चै भन्नुपर्दा आयश्रोत लेख्दा पछिल्लो वर्ष छुटेको पनि हुनसक्छ।”-नेता दल्लु आफ्नो बिचारमा अडियो।

“अनि सर अब हामिले लेख्नु पर्दा कसरी लेखौँ त ?’- आयोगले सोध्यो।

“हामी पनि यही देशका पुँजी पनि यही देशको, हजुरहरू पनि यही देशका मिलाएर आफै लेख्नुहोस्।”- नेता दल्लुले कुरा सक्यो।

०००
२२-०७-२०८१
घोराही १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x