साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन उमेर बढ्दै जाँदा मानिसहरू भगवानप्रति बढी चासो राख्छन् ?

कसैको स्वास्थलाभ हुने आश होला, कसैलाई जागिरमा प्रगति मिल्ने आश होला, कसैलाई धन आर्जनको त कसैलाई जाँचमा पास हुने । कसैलाई भगवान खुसी भए आफूले गरेको पाप पखालिन्छ भन्ने आश हुन्छ भने धेरैलाई परलोक सुध्रन्छ भन्ने विश्वास हुन्छ ।

Nepal Telecom ad

डा. अमर कार्की :

उमेर ढल्कँदै जाँदा मानिसहरू भगवानप्रति बढि लगाब देखाउन थाल्छन। पुजा पाठ, प्राथना र व्रततिर चासो राख्न थाल्छन् । अर्को भाषामा भन्ने हो भने आध्यात्मिक हुन्छन भनौँन । साधारणतय महिलाहरू चालिस नाघेपछि र पुरुषहरू पचास नाघेपछि उनीहरूको व्यवहारमा यस्तो परिवर्तन देखिन थाल्छ । राम, कृष्ण, जिसस, अल्लाह, बुद्ध, साइ आदिको नाम जप्न थाल्छन् । मठ, मन्दिर, चर्च र मस्जिद धाउन थाल्छन् । जवानीमा प्रेमी, प्रेमिका, श्रीमान्, श्रीमती वा साथीभाइ बिना कतै हिँड्दिनँ र केही गर्दिनँ भन्नेहरू त्यस उमेरमा पुगेपछि जो मिल्छ उहीसँग वा एक्लै पनि यसमा लागिरहेका हुन्छन् ।

के यो उमेरमा पुगेर बुद्धले झैँ दुखको कारण बुझेका हौँ त हामीले ? त्यसो भनौँ भने पनि बुद्धले यो ज्ञान प्राप्त गर्नको लागि आध्यात्मिक भएको प्रमाण त कतै भेटिँदैन । फेरि मलाई लाग्छ दश – एघार वर्षको उमेरबाट सबैले बुझेका हुन्छन कि जन्म, बुढ्यौली र मृत्यु सत्य हो । सबैले दुख र कष्ट देखेको र भोगेको नै हुन्छन् । त्यसैको लागि त उमेर चालिस कट्नु पर्दैन ।

त्यसो भए के हो त कारण ?
हरेक आमाले जन्म दिन्छिन्, हुर्काउछिन् र एउटा सबल र स्वतन्त्र प्राणी बनाएर छोड्छिन् । अनि त हुर्केका यी जन्तुहरू आमाको काख र छहारी छोडेर हिँड्छन् । आफ्नै मेहेनत र भाग्यले जिन्दगी बिताउँछन । उनीहरू जिन्दगीभर न अरुबाट कुनै आसा राख्छन न आफु नै कसैलाई भरोसा दिन जान्छन् । तर मान्छे नै यो जगतको एक मात्र प्राणी हो जो आमाको काख छोडेपछि पनि अरुबाट आसा र भरोसा गर्छ । अरुमा भर पर्छ ।

हामी अरूबाट दया, माया, उपकार, उद्धार, भरोसा, आधार, प्रगति, माफी, मुक्ति, धनार्जन, स्वास्थ्यलाभ आदिको आशा गरिरहेका हुन्छौँ । हामी मानव, जातैले स्वार्थी छौँ । बचनपनमा हामीलाई हाम्रो बा, आमा, अन्य परिवार र आफन्तबाट आफ्नो स्वार्थ पुरा हुने विश्वास हुन्छ । जवानीमा त्यही विश्वास आफु स्वयं, जीवनसाथी र अन्य साथीभाइ माथि हुन्छ ।

जवानीमा हामी वास्तविकतामा नै बाँचिरहेका हुन्छौँ । आफ्नै कर्म र परिश्रममा विश्वास हुन्छ । हुन त हामी जहिले आफुलाई असुरक्षित महसुस गरिरहेका हुन्छौँ । हामी धेरै आफ्नै बारेमा सोचिरहेका हुन्छौँ । उमेर बढ्दै जाँदा हाम्रो यो सोच र डर झन् झन् हुर्कँदै जान्छ । हामी बिस्तारै वर्तमानको भन्दा भविष्यको अनि मृत्यु पश्चातको बारेमा चिन्ता गर्न थाल्छौँ । यो चिन्ताको औषधि हामी हाम्रा प्रियजन, आफन्त, डाक्टर, वैद्य, गुरु आदि कसैबाट प्राप्त गर्ने नदेखेपछि हामी एउटा यस्तो शक्तिको कल्पना गर्छौँ जसबाट हामीले यी सबैकुरा प्राप्त गर्ने विश्वास गर्दछौँ । त्यो शक्तिशाली प्रतिनिधी हो भगवान । हाम्रो भगवानप्रतिको विश्वास यति दरिलो हुन्छ कि हामी त्यहाँ उसको अस्तित्वको कुनै प्रमाणको औचित्य नै देख्दैनौँ । हामी केवल आफ्नो स्वार्थ पूरा हुने विश्वास बोकेर उसकै भक्तिमा लिन भएका हुन्छौँ । कसैको स्वास्थलाभ हुने आश होला, कसैलाई जागिरमा प्रगति मिल्ने आश होला, कसैलाई धन आर्जनको त कसैलाई जाँचमा पास हुने । कसैलाई भगवान खुसी भए आफूले गरेको पाप पखालिन्छ भन्ने आश हुन्छ भने धेरैलाई परलोक सुध्रन्छ भन्ने विश्वास हुन्छ ।

हुन त अध्यात्म र विज्ञानमा फरक नै त्यहि हो । विज्ञान सत्य भएकोले त्यहाँ विश्वासको जरुरत नै पर्ने भएन । हरेक बिहान उनी भगवानको पूजापाठ गर्छिन् । भन्छिन्, ‘मलाई यसबाट म र मेरो परिवारको कल्याण हुन्छ भन्ने विश्वास छ ।’ त्यसैगरी म बिहान सबेरै उठेर पिकलबल खेल्न वा दौडन जान्छु । यसले मेरो मानसिक र शारिरिक स्वास्थमा लाभ भइराखेको छ । यो मेरो विश्वास हैन सत्य हो। किनकि मेरो स्वास्थ परिक्षणको नतिजा र स्वयमको अनुभवले नै यो बताइरहेको छ । यसमा विश्वास र अविश्वासको कुरा नै आएन । भनेपछि उमेर ढल्कँदै जाँदा हामी सत्य भन्दा विश्वासलाई बढी मान्यता दिने रहेछौँ कि त ?

०००
फ्लोरिडा, युएसए

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rajendra karki
Rajendra karki
1 year ago

जति बुढो भयो, भगवान मेरा उति पर पर भागेका भागै छन् ! भगवानलाई मेरो भरोसा नभएर हो कि मलाई भगवानको भरोसा नभएर हो? खोजीको बिषय छ।

Nepal Telecom ad
उफ ! एकलकाँटे समाज !

उफ ! एकलकाँटे समाज...

डा.अमर कार्की
बाको कमाइ

बाको कमाइ

डा.अमर कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
मुक्तके दोहोरी

मुक्तके दोहोरी

डा.अमर कार्की
चौथो विश्वयुद्ध

चौथो विश्वयुद्ध

डा.अमर कार्की
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
1
0
Would love your thoughts, please comment.x
()
x