डा.अमर कार्कीमेरा सपनाका चोरहरू
मन्त्री, प्रधानमन्त्री भूतपूर्व हुन्छन् अफिसका हाकिम भूतपूर्व हुन्छन् तर एउटा वैज्ञानिक भूतपूर्व हुँदैन एउटा लेखक भूतपूर्व हुँदैन एउटा कवि भूतपूर्व हुँदैन त्यसैले म जे छु खुशी छु किनकी म कहिले भूतपूर्व हुन्न !

डा. अमर कार्की :
मैले डाक्टर हुने सपना देखेँको थिएँ
भरे गोविन्द के.सी. पो डाक्टर भएछन्
मैले कलाकार हुने सपना देखेँको थिएँ
उता राजेश हमाल पो कलाकार भएछन्
मैले अरबपति हुने नि सपना देखेको थिएँ
तर विनोद चौधरी पो अरबपति भएछन्
हे मेरा सपनाका चोरहरू
भन तिमीहरूले किन यस्तो गर्यौ
तिमीहरूको आफ्नो सपना थिएन र ?
मेरा सबै सपनाहरू चोर्यौ
हुन त तिमीहरू सुते पो सपना देख्थ्यौ
तिमीहरूलाई सुत्ने फुर्सद थिएन र ?
हुन त फुर्सद भए पो सुत्थ्यौ
मैले पनि सपना देख्नै छाडिदिएँ
निदायो कि सपना देखिन्छ
त्यसैले निदाउँनै छाडिदिएँ
सुत्यो कि निदाइन्छ
त्यसैले सुत्नै छाडिदिएँ
त्यसपछि मसँग फुर्सद नै भएन
कामै काम मात्र भयो
म नरम बिछ्याउनामा सुत्थेँ
त्यसैले भुसुक्क निदाउँथेँ
अब टेबलमा सुत्छुँ, सुकुलमा सुत्छु
कहिलेकाहीँ म पुस्तक र कम्पुटरमै सुत्छुँ
अनि त मैले नदेखेको सपना पुरा भयो
हेर म आज एउटा वैज्ञानिक भएँ
सबैका सपना पुरा गर्न लागेँ
र म आज लेखक पनि भएँ
अरुका सपना लेख्न जागेँ
हे मेरा सपनाका चोरहरू
तिमीहरूलाई धन्यवाद छ
मेरो लाख शुभकामना छ
म, म बन्नुमा तिमीहरूको ठुलो हात छ
म आज एउटा कवि बने
यसैमा न कुनै धर्म न कुनै जात छ
मन्त्री, प्रधानमन्त्री भूतपूर्व हुन्छन्
अफिसका हाकिम भूतपूर्व हुन्छन्
तर एउटा वैज्ञानिक भूतपूर्व हुँदैन
एउटा लेखक भूतपूर्व हुँदैन
एउटा कवि भूतपूर्व हुँदैन
त्यसैले म जे छु खुशी छु
किनकी म कहिले भूतपूर्व हुन्न !
०००
अध्यक्ष, अनेसास फ्लोरिडा च्याप्टर
वेस्ट पाम बिच, फ्लोरिडा
पेशाः अनुसन्धान बैग्यानिक
रुचिः साहित्य
Subscribe
Login
0 Comments
Oldest








































