साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाको कमाइ

‘कुन नौलो भगवान हुन कहिले नदेखेको !’ भन्दै फोटोलाई नमस्कार गरे र एउटा मोहर उसको कचौरामा हालेर उनीहरू आफ्नो बाटो लागे ।

Nepal Telecom ad

डा. अमर कार्की :

उसको शिरमाथिबाट त्यो हात पनि सदाको लागि हट्यो । अब ऊ बिल्कुलै एक्लो र बेसाहारा हुने भो । तर बाबु जिउँदो हुँदा कहिले नदेखेका र आकलझुकल देखा पर्ने आफन्त र नातेदार सबै ओइरिए उसका घर आँगनमा । उसको दुख अलि मथ्थर भो । सोच्यो म बेसहारा हुन्न । बाबुको मृत्यु भए पनि उसको संस्कार र समाजले उसलाई भोकै राखेन । एक छाक भए पनि अलिनो भात टन्न खाएर संस्कारले तोकेको काजकिरिया सकायो उसले । तेह्र दिन पुरा भो समाजको दाइत्व सकियो ।

त्यसपछि उसको छाप्रो र आँगन सुनसान भयो । चौध, पन्ध्र, सोह्र.. ऊ दिन गनि रह्यो । तर कोही झुल्केनन् । घ्याँम्पोको चामल त किरियाकर्ममा नै सकिसकेको थियो । पिठो पनि सकिँदै गयो ।

अनि भोको पेटले माग्ने बनायो उसलाई । बाबुको पुरानो फोटो अगाडि राखेर मन्दिर छेउमा माग्न बस्यो । उसैले सानोमा कलमले केरकार पारेको फोटोमा उसको बाबुको अनुहार चिन्न गाह्रो हुने भैसकेको थियो । सबैले कस्को फोटो भनेर सोध्दथे । ऊ मेरो बाको भन्थ्यो । ‘बाउको नाममा मागेर खान्छ पापी !’ भन्दै कसैले एक सिक्का उतिर फ्याँकेनन् ।

एक दिन दुईजना महिलाहरू ऊ नजिकै आए र सोधे, ‘कस्को फोटो हो यो भाइ ?’
‘मेरो भगवानको… ’

‘कुन नौलो भगवान हुन कहिले नदेखेको !’ भन्दै फोटोलाई नमस्कार गरे र एउटा मोहर उसको कचौरामा हालेर उनीहरू आफ्नो बाटो लागे ।

त्यसपछि उसको कमाइ हुन थाल्यो । उसले फोटोतिर हेरेर आफैलाई प्रश्न गर्‍यो, ‘बा तिमीलाई मैले उहिले नै भगवान किन बनाइनछु ?’

०००
ठेचो, ललितपुर
हालः फ्लोरिडा, अमेरिका

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Shree Ranga prasad
Shree Ranga prasad
1 year ago

बा आमालाई देवता वनाउने कला कोहि कोहिमा मात्र हुन्छ ।
बा आमाको दुखमा ,कोइ कोइ सघाउछन्
सकेसम्म बढी पाको सबै लुडयाउछन्
बा आमालाई हेर्नपरे टाढै रमाउछन्
आफ्नो दुख उन्को भन्दा,धेरै बताउछन् ।
बा आमाले उसका कुरा पूरै पत्याउछन् ।
आफूसंग भको पनि सवै गुमाउछन् ।।

Nepal Telecom ad
उफ ! एकलकाँटे समाज !

उफ ! एकलकाँटे समाज...

डा.अमर कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
मुक्तके दोहोरी

मुक्तके दोहोरी

डा.अमर कार्की
चौथो विश्वयुद्ध

चौथो विश्वयुद्ध

डा.अमर कार्की
1
0
Would love your thoughts, please comment.x
()
x