साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तके दोहोरी

यो धर्तीको के कुरा भो र तिमी मागेर त हेर जुनेली रातको चाँद चोरेर दिउँला तिमीलाई !

Nepal Telecom ad

डा.अमर कार्की :

केटाः
ओइ ठुली सधै दुई चुल्ठी मात्र बाट्छ्यौ किन ?
माइतीमा नै बसेर दुई बिस नि काट्छ्यौ किन ?
मनभित्र घरजम गर्ने त्यस्तो रहर हुँदाहुँदै पनि
बिन्दास छु भनेर आफ्नै मनलाई ढाँट्छ्यौ किन ?

केटीः
तिमी भन ठुले के म झाँक्रो फिँजाएर हिडौं ?
कि तिमी जस्तै टाउको पुरै खुइलाएर हिंडौं ?
म किन बस्थें र मन मिल्ने साथी भेटेको भए
कि तिमी ऐरेगैरेलाई जोडी बनाएर हिडौं ?

केटाः
इन्द्रेणीका सातै रङ्ग सोरेर दिउँला तिमीलाई
वा फूलको महेक खोसेर दिउँला तिमीलाई
यो धर्तीको के कुरा भो र तिमी मागेर त हेर
जुनेली रातको चाँद चोरेर दिउँला तिमीलाई !

केटीः
त्यस्तो बेतुकको सपना देख्ने बानी छैन मेरो
एउटा असल प्रेमी मिले आनाकानी छैन मेरो
बेरोजगार छैन घरमै बसी कमाइ गरेकी छु
बिना काम बाहिरपाटो आनीजानी छैन मेरो !

केटाः
जान्दछु म, तिम्रो आनीबानी बिन्दास छ
त्यसैले त तिम्रो साथ मेरो लागि खास छ
मैले पनि एक्लै कटाएँ चालिस बर्से जोवन
मेरो मुटुभित्र झाँकी हेर अझै तिम्रो बास छ !

केटीः
भो सकिन अब तिमी जित्यौ म हारेँ
यो चालिस वर्षे जोवन तिमीतिरै सारेँ
तर बिचार गर पाप लाग्छ तिमीलाई
यदि तिम्ले मेरो जीवन यताउति पारे !

०००
फ्लोरिडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उफ ! एकलकाँटे समाज !

उफ ! एकलकाँटे समाज...

डा.अमर कार्की
बाको कमाइ

बाको कमाइ

डा.अमर कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
चौथो विश्वयुद्ध

चौथो विश्वयुद्ध

डा.अमर कार्की
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x