साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोका देशभक्ति !

बेइमानीको दाना खाएर, ईमानको कुरा कसरी गर्न सकिन्छ ? देशको छानो उधिनेर, देशको माया कसरी गर्न सकिन्छ ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

तिम्रो देशभक्ति ,
फगत धोका हो !

बलेसी खनेर,
देशको जग कसले भत्कायो ?
सन्धि, सम्झौतामा सही ठोकेर,
देशको नाभिमा किला कसले ठोक्यो ?
पूर्खाको इमान पोलेर,
बेइमानीको खेती कसले गर्‍यो ?

धुरीखाँबो भाँचेर,
सत्ताको लिस्नो चड्ने को थियो ?
देशको छानो उधिनेर,
मझेरीमा चोर हुल्ने को थियो ?
देशको चीरहरण गरेर,
सुनको लङ्का बनाउने को थियो ?

इतिहासका यस्ता अनगिन्ती,
यक्ष प्रश्नहरूबाट
तिमी कसरी उन्मुक्त हुन सक्छौ ?

बेइमानीको दाना खाएर,
ईमानको कुरा कसरी गर्न सकिन्छ ?
देशको छानो उधिनेर,
देशको माया कसरी गर्न सकिन्छ ?

त्यसैले,
तिम्रो देश प्रेम,
तिम्रो देशभक्ति,
गोहीको आँसु हो !
मात्र फरेब हो !
धोका हो !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x