साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टार्गेट

राजनीतिमता आउनु भनेको नै नेताहरू झ्याम्टा बनिनु हो । उनीहरूले जस्तो प्रकारले टार्गेटको झ्याम्टा बजाउँछन् टार्गेट मैदानमा उस्तै प्रकारले बज्नु हो ।

Nepal Telecom ad

नगिता राई लेप्चा :

“मनको कुरालाई बाँधी नराख
गाँठो परिजाला चट्ट सुनाइदेऊ ॥”

डेनी डेन्जोङपाले गाएका यो गीत हामी खूब सुन्थ्यौं । साथीहरूले आफ्नो मनको कुरा नभन्दा, लुकाउँदा हामी यही गीत गाएर साथीलाई मनको कुरा भन्न लाई छोड़्थ्यौं । यसर्थ म भन्छु मनमा कुरा राख्नु हुँदैन । मन रित्तो, खाली पार्नुहोस् । मनमा केही नराख्नोस् । यो मनलाई अस्पतालको एमरजेन्सी वार्ड झै बनाउऩुपर्छ । एक-एक जनालाई समात्नुहोस्..अनि फ्याँकिदिनोस् । मनको बेड भ्याकेट गर्नुहोस् ।

ईश्वरले तपाई हामीलाई कान दिएका छन्- दुइदुइ वटा । यो कान शरीरको ब्यालेन्स मिलाउन दिएका होइनन् म भन्छु -एउटा इऩ अर्को आउट । एउटा कानबाट पस्छ अनि अर्कोबाट निस्कन्छ । अहिले जमानै त्यस्तो छ । एउटा कानले कुरा सुन्नुपर्छ अनि अर्को कानले मिल्काउनुपर्छ । हाम्रो यतातिरका इण्डिपेण्डेण्ट क्याण्डिडेटले एउटा कानले सुनेर चुनावमा विजय हासिल गरे अनि़ अर्को कानले सुनेर पार्टीमा सामेल भए । उनले मनको कुरा नखोलेरै हामी सिधा साधा जनताहरू अहिले भीरको चिण्डो झैं भएका हौं । यसैले मनमा केही नराख्नुहोस् । पुलिस वा मिलिटेरीहरूका निशाना अभ्यासको निम्ति चानमारी राखिएको हुन्छ । त्यसैमा निशाना ताकेर सिपाही वा मिलिटेरीहरू टार्गेट हान्छन् । हामी सबै नै टार्गेटधारी सिपाही वा मिलिटेरी । सबै चानमारी टार्गेटधारी । गाउँघरका जम्मै मानिस एक अर्काको निम्ति टार्गेट । उसले मलाई टार्गेट गर्छ, म उसलाई टार्गेट बनाउँछु । यो संसारको नियमै हो ।

प्रत्येक मान्छे कसै न कसैको निन्दाको टार्गेट हुन्छ । घरमा पनि हामी निन्दाको टार्गेरट भइरहेका ङुन्छौं । कहिले राम्रो करिले नराम्रो । गर्न सके राम्रो त्यो पनि क्षणभरको निम्ति । गर्न नसक्दा नराम्रो । मोटो हुनु पनि पीर । मोटा हुँदा गाउँ-घरमा, हेर खाएर मोटाका साले । शरीरको मोटाइ देखेर आमामामा… टोटोले थाम्ला के त । पेप्सीको बोतल जस्तो देखिए खाने बेलामा यसलाई घर बाहिर निकाल्छ कि क्या हो । मोटाउँदा पनि पीर, घट्दा पनि पीर ।

यहाँ अधि बढ़्नु जस्तो पीर अरु केही छैन । अघि बढ़्यो कि आह्रिसको टार्गेट, पछि पर्दा पनि टार्गेट । केही गर्नु पनि पीर, केही नगरी बस्नु पनि पीर ।

आमाबाबुको नजरमा उनीहरूका छोरीचोरी चन्द्रमा जस्तै हुन्छन् । हिराकै टुक्रा । तर टिचरहरूको आँखामा बाँदर, नटी । स्टुडेण्टलाई टार्गेट गर्ने टिचरले नै टार्गेट गरी किसिम कम्प्लेन गरिरहेका हुन्छन् । स्टुडेण्टलाई टार्गेट गर्नु पनि एउटा फोबिया नै हो । यो ती टिचरको दोष होइन उनको संस्कारको दोष हो । कारण शैशवकालदेखि नै हामी सबै प्राणी अर्काको निन्दा गर्ने वा अर्कालाई टार्गेट बनाउने पाठ घरबाटै लिएर आएका हुन्छौं । यो जन्मजात प्रवृत्ति हो मान्छेको । तरै पनि स्कूल टिचर भनेको समाजदेखि माथिल्लो तहका प्राणी हुन् । शिक्षित, बुद्घिजीवी । हामी अर्कालाई निन्दा गर्छौं, टार्गेट गर्छौं आफूलाई मन नपरेका मान्छेलाई टार्गेट बनाउँछौं ।

किनभने हाम्रो परिवेश नै त्यस्तो छ । तर टिचर्स भनेको त्यो कटमेरो परिवेशदेखि अलग्गै संसारका मानिस हुन् नि । उनलाई समाजले रेष्पेक्टको दृष्टिले हेर्छ । तर एकजना शिक्षित टिचर कसरी के कारणले उनको प्रिय स्टुडेण्टलाई टार्गेट बनाउँछन् भन्ने प्रश्न मेरो मनमा दोहोरिबस्छ । यो एउटा स्कूलमा मात्र होइन हरेक स्कूलको रोग हो । तर कतिपय टिचर आँखामा राख्दा पनि नबिझाउऩे प्रकारका छन् । स्टुडेण्टलाई आफूले नौ नौ महिना कोखमा राखी जन्माएका सन्तान झैं व्यवहार गर्छन्, लभ गर्छन् । तर कतिपय तल्लो तहका टार्गेटवाल टिचर भने एउटा स्टुडेण्टको पछि लाग्यो भने उनलाई टार्गेट गरेर स्कूलमा बसिनसक्नु बनाउँछन् । क्लासमा अटेरी गर्‍यो भन्ने कम्प्लेन सुन्नु मात्रै होइन प्यारेण्टस् मिटमा बोलाउँछन् ।

एकजना सिनियर टिचरले आफ्नो क्लासमा उनको एउटा स्टुडेण्टलाई कण्ट्रोल गर्न नसक्नु कति लज्जास्पद कुरो होइन र । एकजना राम्रो स्टुडेण्टलाई कुनै दोष बेगरै रातदिन टर्चर गर्दा ती डेस्पेरेट स्टुडेण्टले नराम्रो निर्णय लिए ? मलाई त सम्झेर डर लाग्छ । कतिपय टिचरले आफ्नो पेट स्टुडेण्टस (आफूले ट्यूसन पढ़ाउने)लाई क्लासमा सिआईडी राखेका हुन्छन् भन्ने पनि सुनेकी छु । आफूसित ट्यूशन नपढ़्ने स्टुडेण्टले मेरो के कुरा गर्‍यो भनी सोधेर ती स्टुडेण्टलाई टार्गेट गर्ने कुरा नयाँ होइन । मैले जानेँ र बुझेँ अनुसार एकजना असल, शिक्षित, सभ्य टिचरको निम्ति सबै विद्यार्थी एउटै हुन् भन्ने मलाई लाग्छ । कसैलाई काखा र कसैलाई पाखा गर्नु नपर्ने टिचरले । यो केही होइन यस्ता टिचरहरूले बालखैदेखि अर्कालाई टार्गेट गर्ने प्यारेण्ट मन्त्र लिएर आएका हुन्छ । आफ्नो स्टुडेण्टप्रति हरमेशा टार्गेटधारी टिचरलाई ग़डले सद्बुद्धि दिउऩ् ।

मेरो छोरोलाई उनको साइन्स टिचरले मङ्की भन्छन्, संस्कृति टिचरले हनुमान अनि म्याथ टिचरले श्री थपी श्रीहनुमान भन्छिन् । उसका बाबुले छोरालाई बोको भन्छन् । त्यस्तो थोत्रे कुरा वा टार्गेटले मेरो छोरोलाई कुनै असर परेको देख्दिनँ । किनभने मैले जन्माएको छोरो मङ्की हो कि डङ्की, हनुमान हो कि रावण हो म त्यो राम्ररी जान्दछु । आखिर म उसको मम्मी हुँ नि । छोरो वा छोरी कस्तो छ उसको मम्मीलाई सम्पूणर् थाहा भएको हुन्छ । यति हो मेरो छोरो कसैको कुरा सुन्दैन अनि़ कसैको थोत्रो कुरा वा कसैको टार्गेटले उसलाई कुनै असर नै पर्दैन ।

सानोलाई थिच् होँचोलाई गाड् भन्ने ट्याक्टिक्स प्रयोग गर्न प्रत्येक मान्छे उस्ताद छन् । मौका पायो कि चौका हान्ने टार्गेटमा रेडी । जसको ताकत, बल पावर छ मान्छे उसकै अऩुयायी, भक्त भइहाल्छ । त्यसबेला उनले अरुको गल्तीलाई टार्गेट गर्ने प्रयास गर्छन् । सबै छक्का प़ड़काउऩे चान्समा । कोहीभन्दा कोही कमी हुँदैन । तर उसलाई उसकै गाउँकै छिमेकीले के कतिको टार्गेट गरिरहेको छ उसलाई अत्तोपत्तो केही हुँदैन । गाउँ घरमा ऊ मात्रै ठिक, करेक्ट । तुलसीको पातले धोएका जेण्टलम्यान । गाउँ घरमा किसिम मान्छेको किसिम कुरा हुन्छ । कसले के गर्छ, कसले के गर्दैछ, को कोसित सल्कियो, को कहिले घरबाचट निस्केर राती कहिले घर पस्यो त्यसको समस्त रिपोर्ट राख्ने व्यक्ति तपाई-हाम्रो गाउँ-घरमा हुँदैन भन्नु गलत हुन्छ ।

गाउँ-घरके कुरा एकक्षणलाई थाँतीमा राखौं । राजनीतिमा हेर्नोस् न । के साह्रो टार्गेट । एउटाले विरोधीको निन्दा, कुरा अनि त्यसलाई कसरी ढालुँ भन्ने रणनीतिमा लागि परेको देखिन्छ । विपक्षी पनि टार्गेट गर्नमा के कम्ति र ? एक-अर्कामा टार्गेट गरेरै राजनैतिक नेताहरूले आफ्नो राजनीति जीवनको अमूल्य क्षणहरू स्वाहा पारिसके । ओखती खाँदा त्यसको साइड इफेक्ट हुन्छै हुन्छ । राजनीतिमा पनि यो निन्दा नामक औषधिले साइड इफेक्ट परेको देखिन्छ । र त मनपर्दा रामको पार्टीमा, मन नपर्दा हनुमानको पार्टीमा । एउटा टार्गेट रिएक्सनले हाम्रो राजनीति लाटाको धोती जस्तै नै भएको कुरा सबैले अनुमान गरेकै हुनुपर्छ । राजनीतिमता आउनु भनेको नै नेताहरू झ्याम्टा बनिनु हो । उनीहरूले जस्तो प्रकारले टार्गेटको झ्याम्टा बजाउँछन् टार्गेट मैदानमा उस्तै प्रकारले बज्नु हो ।

यस कारण कुरा मनमा गाँठो पारेर नराख्नोस् । जे छ हाकाहाकी भन्नोस् । कसैले तपाईंलाई टार्गेट बनायो भने पनि तपाईंले उसलाई टार्गेट बनाएर आफ्नो अमूल्य समय खेरो नफाल्नोस् ।

कसैको टार्गेट नहुनुहोस्
कसैलाई टार्गेट नगर्नुहोस् ।


सिलगड़ी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x