साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मचारी

सामान्य भन्छन् पद भष्ट धेरै भन्नेछ दादा सब नीति मेरै बनेछ ठूलो तर दाम सानो पुगेन खानै चुहिने छ छानो ॥ सन्तान पाल्दै परिवार पाल्न धपक्क छिर्छन् अधिकार गाल्न थोरै भए नी घुस लिन्छु भाइ अवस्य बुझ्छौ गर लौ भलाई ॥

Nepal Telecom ad

इन्दिरा प्रयास :

कुर्सी समाए तर न्याय छैन
बिकेछ मान्छे कर मात्र हैन
पैसा बटुल्नै तल हात राखी
दिए तुरुन्तै अनि चेप्छ काखी ॥

खाजा चियामा कति खर्चिदैन
चिनेछ पैसा लत फर्किदैन
भन्दिन्छ व्यर्थै तब भोलि आऊ
भए रुपैयाँ अब झट्ट ल्याऊ ॥

पैसा भएमा सब काम हुन्छ
भएन पैसा बदनाम हुन्छ
भोका धसुल्ले उपहार भन्छ
सुटुक्क देऊ उपकार बन्छ ॥

बेला कुबेला घुस माग्छ भाइ
छ रोग कस्तो भनिदे मलाई
आए गएको कति दुःख छैन
छ देश रोगी मति फर्किदैन् ॥

सामान्य भन्छन् पद भष्ट धेरै
भन्नेछ दादा सब नीति मेरै
बनेछ ठूलो तर दाम सानो
पुगेन खानै चुहिने छ छानो ॥

सन्तान पाल्दै परिवार पाल्न
धपक्क छिर्छन् अधिकार गाल्न
थोरै भए नी घुस लिन्छु भाइ
अवस्य बुझ्छौ गर लौ भलाई ॥

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x